A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698f9d09b0e768.73288048): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698f9d09b0e768.73288048,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698f9d09b12147.46986895): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698f9d09b12147.46986895,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

उपेन्द्र सुब्बा जसलाई झाँक्रीले अझैसम्म लखेटिरहेको छ
PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

उपेन्द्र सुब्बा जसलाई झाँक्रीले अझैसम्म लखेटिरहेको छ



स्वेच्छा राउत

उपेन्द्र सुब्बा जसलाई झाँक्रीले अझैसम्म लखेटिरहेको छ

काठमाडौं: घरबाट निस्किएर कोचाकोच भएको संयुक्त यातायात चढेका थिए कवि उपेन्द्र सुब्बा। उभिनु पर्ने भिड, हात कता समाउने भनेर माथि हेर्न अफ्ठ्यारो। निहुरिएर आफ्नै लागि सहज ठाउँ बनाउने प्रयत्न गर्दै थिए, सिटमा बसिरहेकी एक युवतीले निकै घुरेर हेरिन्। मुसुक्क हाँसिन् पनि। धेरै बेरसम्म युवतीले आफूलाई हेर्न नछोडेपछि सुब्बाले सोधी हाले,'हाव, हाम्रो चिनजान छ त?'

युवतीले जवाफ फर्काइन्,'तपाईंले त चिन्नु हुन्न म चाहीँ चिन्छु। तपाईं झाँक्री बा होइन त?'

उपेन्द्र झसङ्ग भए। उनले आफू उपेन्द्र, लेखक, कवि बाहेक झाँक्री पनि हुँ भन्ने कुरा त्यतिबेला सोचेकै थिएनन्। निकै रमाइलो लाग्ने प्रसङ्ग बारे पहिलोपोस्टसँग भने,'झाँक्रीको परिचय मलाई मन पर्दैन।'      

सुब्बा स्वयंको कथा तथा पटकथामा सह-लेखन रहेको फिल्म ‘कबड्डी कबड्डी’मा उनी झाँक्री बाको भूमिकामा देखिएका थिए। फिल्ममा उनी बदमास झाँक्री पात्र बनेर देखिए जो निःसन्तान महिलालाई प्रसादको रुपमा ‘खीर’ खुवाउँछन्। बेहोस् बनाउँछन् र उपचारको नाममा गर्भधारण गराउँछन्। फिल्ममा उनको अभिनय निकै छोटो समयको लागि छ तर उनको भूमिकाको असर अन्य पात्रहरुको भन्दा बढी देखियो। सामाजिक सञ्जालमा ट्रोल बन्यो। फिल्म ‘कबड्डी कबड्डी’ नहेर्नेले पनि फिल्मको झाँक्रीलाई चिने। 

'झाँक्री बाको कथाको पाटो सामाजिक सन्देशको लागि थियो। तर दर्शकले जोकको रुपमा मात्र हेरिदिए', आफ्नो भूमिका बारे प्रष्ट्याउदै भन्छन्। 
घटना इटहरीको हो। जहाँ एक झाँक्री नि:सन्तान महिलाहरुको उपचार गराउने निहुँमा महिलालाई बेहोस बनाएर बलात्कार गर्थे। केही समयपछि उनको कर्तुत बाहिर आयो र प्रहरीको फन्दामा परे। सोही घटनालाई फिल्ममा ठाउँ दिन खोजेका थिए कथा लेखक रहेका रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले। 

'ठीक उल्टो भयो', निराश हुँदै भन्छन्,'दर्शकले प्रवाह गर्न खोजेको सन्देश बुझ्ने कोसिस गरेनन्। जे देखाइयो, त्यसलाई एउटा रमाइलोको रुपमा मात्र हेरिदिए।' 

सन् २०१५ मा फिल्म सार्वजनिक भयो। फिल्म हिट पनि भयो। त्यसमा पनि झाँक्री पात्र डबल हिट। सुरुसुरुमा त उपेन्द्र सुब्बालाई पनि रमाइलो लागेको थियो। सबैले झाँक्री भनेर चिन्न चिनाउन थालेपछि भने उनलाई नरमाइलो लाग्यो। सुनाउँछन्,'म कलाकार त  संयोगले भएको थिएँ।  मेरो परिचय त्यो छोटो भूमिकाको आधारमा स्थापित हुनु कदापि ठीक थिएन।' 

फिल्ममा झाँक्री पात्रको भूमिकाका लागि यथार्थमै झाँक्री रहेका एक व्यक्ति फाइनल भएका थिए। उनले ‘हुन्छ, म अभिनय गर्छु’ पनि भने र छायाँकन स्थलमा पनि आए। उपेन्द्र भन्छन्,'तर उनमा अभिनय गर्ने कन्फिडेन्सनै जागेन। हरेक दिन आउने र भोलि गर्छु भनेर टार्ने। त्यही सिनको मात्र सुटिङ बाँकी थियो जसका कारण पोस्ट प्रोडक्शनको काम ढिला गर्नुहुन्न भन्ने भयो', आफूले त्यो भूमिका गर्नुको कारण बारे उपेन्द्र भन्छन्,'निर्देशकसमेत रहेका रामबाबु गुरुङले मलाई झाँक्रीको भूमिका गर्न सुझाउनु भयो।' 

कपाल लामो र लट्टा परेको थियो। हेर्दा झाँक्रीहरुले पाल्ने गरेको जस्तै त देखिन्थ्यो। तर समस्या अभिनयमा थियो। कला साहित्यनै आफ्नो कर्म भएपनि कलाकारितामा सक्रिय थिएनन्। त्यसैले झाँक्रीको भूमिकामा पनि उनले अभिनय गरेनन्। आफू जस्तो छन् उस्तै प्रस्तुत भए। सुब्बाकै लवज, शैली र सिकाइएको संवादलाई कैद गरिएको उनको दाबी छ। परिस्थितिले आफूलाई कलाकार बनाएको बताउँछन् उनी। भने,'त्यति खेर संयोगले अभिनय गरें तर अभिनय न मेरो रहर हो न सपना। अब कहिले पनि गर्दिनँ।' 

अभिनय उनको रहर थिएन तर पनि अभिनयले नै उनलाई धेरै माझ चिनायो। रहर थिएन सायद त्यसैले 'झाँक्री बा'को परिचय उनलाई प्रिय लाग्दैन। भन्छन्,'झाँक्रीले मलाई सतायो। सुरु सुरुमा त कसैले झाँक्री भन्दा रमाइलै लाग्थ्यो तर पछि पछि मनपर्न छोड्यो।'

हुन पनि कवि उपेन्द्र लेखक कै रुपमा छाएका व्यक्ति । एक्कासी उनको नाम अगाडि कलाकार पनि जोडियो। र उनका फ्यान फलोइङ ह्वात्तै बढे। सामान्य जीवनशैली र साधारण प्रयोगमा विश्वास राख्ने उपेन्द्रका लागि यो सब असामान्य रहेको उनको कथन छ। भन्छन्,'म साधारण जीवनमा नै ठीक छु नि।'

फिल्ममा झाँक्रीले नि: सन्तान महिलाहरुलाई बेहोस बनाउनु अघि दिने खिरमा बेहोस हुने औषधी मिसाएको हुन्छ। सो औषधीले काम गर्योा कि छैन बुझ्न उसले औंला देखाउदै सोध्छ- यो कति वटा ‍औंला?

एकदिन बानेश्वर चोकमा बाटो काट्ने पालो कुर्नेको भीडमा उपेन्द्र सुब्बा पनि थिए। उनी फोटोसुटका लागि निस्किएका थिए। हतारमा रहेका सुब्बालाई अचानक एक युवतीले आफ्ना औंला देखाउदै सोधिन्,'यो कति औंला?' आफ्ना लागि त्यो क्षण निकै अविस्मरणीय भएको सुनाउदैँ सुब्बा भन्छन्,'कसैले व्यङ्ग्य गरेको भान भयो। म ती युवति मेरो कलाकारिता वा अभिनयको फ्यान हुन् भन्ने पक्षमा छैन। उनले मलाई याद त गरिन् तर मेरो नकारात्मक भूमिकाका कारण।' 

त्यसदिन सुब्बा फोटो सुटका लागि निस्किएका थिए तर सो घटनाले उनलाई यति धेरै नर्भस बनायो कि उनी फोटो नखिचाई फर्किए। 

झाँक्री पात्रले उनको व्यक्तिगत जीवनमा भने निकै असर गरेको उनको दाबी छ। 'घर छेउ चोकमा जम्मा हुने भीडले मेरो छोरीलाई झाँक्रीको छोरी भनिदिनाले मलाई दुख्यो, उ त उसलाई निकै माया गर्ने उपेन्द्र सुब्बाकी छोरी हो नि। म आफै पनि कवि हुँ तर सामाजिक सञ्जालमा कवि कम झाँक्रीको रुपमा चर्चा बढी भयो। यो पनि मलाई खराब लाग्यो', उपेन्द्र आफ्नो अभिनयको चित्त नबुझेको पक्ष बारे यस्ता कुरा व्यक्त गर्छन्।
रिल र रियल लाइफ नितान्त फरक भएपनि उपेन्द्र सुब्बाको रियल लाइफमा रिलको असर परि रहेकै छ। 

'फिल्ममा अभिनय छाड्नुको अर्थ फिल्म लाइन नै छोड्नु हो भन्ने चाही कसैलाई नलागोस् किनकी फिल्मका लागि कथा र पटकथा लेखन नै मेरो गरी खाने भाँडो हो। मलाई फिल्म निर्देशकको रुपमा पनि देख्न सकिन्छ', गर्विलो स्वर बनाउँदै उपेन्द्र प्रस्तुत हुन्छन्।

साहित्य मात्र लेखेर बाँच्न गाह्रो भएको भोगाई छ उपेन्द्रको। 'फिल्म निर्देशन चाही मेरो सपना हो। अभिनयभन्दा जिम्मेवारी पुर्वक गर्न पर्ने भएकाले अझै सिक्न पर्नेछ।' 

'सिकाइएको मात्र सिकिंदैन र  सिकेको मात्र गरिंदैन।' 

के गर्ने आफ्नो छनोट र के सिक्ने समयको छनोट भन्ने कुरामा विश्वास राख्छन् उनी। साहित्यलाई प्राथमिकतामा राखे। कविता संग्रह 'खोलाको गीत', 'डांडामाथिको घामजून र गडतीरको रांकेभूतहरु', 'होङग्रायो भोग पाङग्रा' जस्ता कविता सङ्ग्रह र कथा सङ्ग्रह 'लाटो पहाड' पनि सार्वजनिक गरे। उनी साहित्यिक आन्दोलन 'सिर्जनशील अराजकता'का अभियन्ता पनि हुन्। विशेष गरी लिम्बु संस्कृति र मातृ भाषालाई आफ्नो लेखनको केन्द्रमा राखे। तर उनको लेखन लिम्बु भाषी बाहेकका पाठक बीच पनि चर्चामा रह्यो। कारण हो उनको कथा कविताको भाषा सरलता। समग्रमा साहित्य र सिनेमासँग नजिक रहेका बीच चिनिए, इज्जत कमाए।  

हरेक मान्छेभित्र इच्छा हुन्छ धेरैले चिनुन्, आफ्नो काम राम्रो बनोस्, आफू अरुभन्दा फरक भएर चिनिउँ। तर इच्छाहरुको असर व्यक्तिगत जीवनमा कसरी परेको छ ध्यानमा राख्न आवश्यक रहेको उनको बुझाइ छ। अबको उनको इच्छा छ फिल्म निर्देशक बन्ने। फिल्म निर्देशनका लागि उपेन्द्र यतिबेला तयारीमा जुटेका छन्।  

उपेन्द्रको कथा संग्रह लाटो पहाडको दुई कथा बखतेले आमा मार्यो  र हन्दनेको बिहे नामक कथामाथी फिल्म बन्न लागेको छ। खुसी साथ सुनाउँदै उपेन्द्र भन्छन् 'फिल्म लेख्नुको दुईवटा फाईदा छन्। एउटा लेख्ने रहर पुरा हुन्छ र अर्को परिवार पाल्ने मेसो।'

उपेन्द्र सुब्बा परिवर्तन चाहन्छन्। साहित्यमा अनि सिनेमामा पनि। उनले नजिकबाट नियाँलेको यि दुबै महत्वपूर्ण विधामा उनले मोफसलका विषय उठान कम भएको महसुस गरेका छन्। 'त्यसको अर्थ सबैले उपत्यका बाहिर गएर, अध्ययन गरेर छुटपुछ भएपनि मोफसलमा रहेका कथा लेख्नु पर्छ भनेको होइन।' 

उनलाई लाग्छ केही समयको छोटो अध्ययनले मात्र कुनै पनि भुगोल, संस्कृती, जाती वा भाषामाथीको कथा, कविता र फिल्मलाई पुर्ण बनाउँदैन। 'त्यसैले कर्णालीको कथा कर्णालीसँग भिजेकाले, लिम्बु समुदायको विषय उठान लिम्बु समुदायमै हुर्किएकोले र पुर्वको जीवन पुर्वकै शैली र संस्कृती अपनाएकाले लेखे सम्बन्धित जीवनका लेखहरु पुर्ण हुन्छन्'- उपेन्द्र तर्क गर्छन्। 

सुब्बा मुलधारका लेख, रचना र फिल्मले केन्द्रमा राखेका विषयबाट माथि उठ्न र उठाउन लागि परेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell