PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो दोस्रो चरणको निर्वाचन तालिका



निर्वाचन आयोगले सार्वजनिक गर्‍यो दोस्रो चरणको निर्वाचन तालिका

काठमाडौँ : निर्वाचन आयोगले सरकारको निर्णयलगत्तै दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यदवले आज पत्रकार सम्मेलन गरी आयोगको तर्फबाट दुई चरणमा निर्वाचन हुने औपचारिक जानकारी दिँदै तालिका सार्वजनिक गरेका हुन्।

दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने जेठ ३१को निर्वाचनका लागि निर्वाचन आयोगले अन्य सबै प्रक्रिया अगाडि नै सकिने भन्दै उम्मेद्वारको मनोनयन दर्ताका लागि जेठ १९ गतेको मिति तोकेको छ। आयोगले जेठ २२ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका बनाएको छ। 

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यस अघि तोकिएको नै कायम रहने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell