PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पुनर्जन्मको पहिलो जन्मदिन नेपालमा मनाए लियाङले 



स्वेच्छा राउत

पुनर्जन्मको पहिलो जन्मदिन नेपालमा मनाए लियाङले 

काठमाडौं : ५५ दिन सम्पर्क बिहिन र ४७ दिन हिउँमा बेवारिसे रहेर पनि सकुसल उद्दार भएका ताइवानका लियाङले आज २१औं जन्मदिन मनाएका छन्।

यही बैशाख १३ गते बुधबार धादिङको तिप्लिङ त्याङ्ग्रेभिरबाट उनको उद्दार भएको थियो। काठमाडौं ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचारत उनले क्याबिनमा नै केक काटेर जन्मदिन मनाएका हुन्।

ताइवानका नागरिक लियाङ र उनकी प्रेमिका लिउ चेनचुन फागुन २० गतेबाट सम्पर्कविहिन भएका थिए। गत फागुन २६ गते धादिङको रुवी भ्याली घुमेर लाङटाङ पुग्ने योजनामा थिए यि जोडी। तिप्लिङ गाउँबाट गन्तव्यतर्फ उनीहरु हिडेकै दिन वर्षा र हिमपात सुरु भएको उद्दारकर्मी दावा तामाङले जानकारी दिए। उच्च हिमपातका कारण पदयात्राको लागि बाटो नदेख्खिने भएपछि लियाङ र प्रेमिकाले बाटो बिराएका हुन्। 

सम्पर्कविहिन भएको ४७ दिनपछि उनीहरु भेटिए तर लियाङकी प्रेमिकाले ज्यान गुमाइसकेकी थिइन्। लियाङ पनि अस्वस्थ अवस्थामा भेटिएका हुन्। उनले ३० किलोग्राम तौल गुमाएको ग्राण्डी इन्टरनेशनल अस्पतालका डाक्टर चक्रराज पाण्डेले बताए। भने, 'उनको शरिर भर म्यागेट नामक मासु खाने किरा र जुम्रा थियो। तर म्याजिकल त के भयो भने उनको शरिरको इलेक्ट्रो लाईट्स ब्यालेन्सड थियो।' 

डाक्टर चक्रराजले लियाङको स्वास्थ्य स्थिती ठिक हुनुलाई पुनर्जन्मको संज्ञा दिए। 'उसले आजबाट हिड्न थाल्नु भयो छ र खाना पनि राम्रोसँग खान सुरु गर्नु भएको छ', पाण्डेले भने।

उद्दार गरेर ग्रान्डी इन्टर्नेशनल अस्पताल पुर्याउँदा लियाङ आफैले पनि भनेका थिए, 'मैले नयाँ जन्म पाएँ।' 

सन् १९९६ अप्रिल २८ का दिन जन्मिएका उनले अस्पतालमा जन्मदिन मनाउने इच्छा व्यक्त गरेका थिए। उनको चाहनालाई सम्बोधन गर्दै क्याबिनमै केकको व्यवस्था गरिएको हो। पर्यटन राज्यमन्त्री पर्शुराम तामाङ र ग्राण्डी अस्पतालका डिरेक्टर दीपक कुँवरको उपस्थितीमा लियाङले केक काटे र भने, 'म थाकेको छु। धेरै बोल्न त सक्दिन तर पुन: नयाँ जीवन पाएकोमा खुसी छु।' 

जन्मदिन मनाउनका लागि उनको अभिभावकको पनि उपस्थिती रहने भनिएको थियो। तर ताइवानबाट बुबा र एक साथी शुक्रबार दिउँसो मात्र काठमाडौं आइपुगेको हस्पिटलका मिडिया कोअडिनेटर बिनोद अधिकारीले जानकारी दिए। 

लियाङ र उनकी प्रेमिका फेला नपरेपछि १९ अप्रिलमा उनका आमा ताइवान फर्किएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell