PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

साम्राज्ञीको चौथो फिल्म 'इन्टु मिन्टु लन्डनमा', जोडी बन्दैछन् धिरज मगर



साम्राज्ञीको चौथो फिल्म 'इन्टु मिन्टु लन्डनमा', जोडी बन्दैछन् धिरज मगर

काठमाडौँ : छोटो समयमा चर्चामा आएकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको चौथो प्रोजेक्ट तय भएको छ। फिल्म 'इन्टु मिन्टु लण्डनमा' घोषणासँगै शाहको नाम लिड अभिनेत्रीको रुपमा सार्वजनिक गरिएको हो।

शुक्रबार 'इन्टु मिन्टु लन्डनमा'को आधिकारिक निर्माण घोषणा गरियो। ३० प्रतिशत नेपाल अनि ७० प्रतिशत लन्डनमा छायाँकन हुने फिल्ममा साम्राज्ञीले अभिनेता धिरज मगरसँग जोडी बाँध्नेछिन्। 

त्यसो र डेब्यू फिल्म 'ड्रिम्स'देखि चौथो प्रोजेक्टसम्म आउँदा साम्राज्ञीले सबैजसो फरक फरक अभिनेतासँग अन स्कृन रोमान्स गरेकी छिन् । 

कोरियोग्राफर रेनशा वान्तवा राईले उक्त फिल्मको निर्देशन गर्दैछिन्। 'यो रोमान्टिक ड्रामा राम्रो भन्ने निकै सम्भावना देखेकै कारण फिल्ममा काम गर्न लागेकी हुँ',साम्राज्ञीले फिल्म स्वीकार गर्नुबारे बोलिन्।

लन्डन पुगेका एक युवक र लन्डनमा रहँदै आएकी नेपाल राजदुतकी छोरीको पहिलो भेट पश्चात सुरु भएको प्रेम कहानी फिल्मको विषय ह। सो प्रेम कथामा उत्पन्न हुने आरोह अवरोहको फिल्मले प्रस्तुत गर्नेछ। 

प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी रहने फिल्म आईकोर फिल्मस् को ब्यानरमा तयार हुनेछ। फिल्मको छायांकन जुन १६ बाट सुरु हुनेछ। नेपालमा हुने छायाङ्कन सक्किए लगत्तै निर्माण युनिट बेलायत जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell