PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

किरियापुत्रीले पनि गरे ललितपुरमा मतदान

किरियापुत्रीले पनि गरे ललितपुरमा मतदान

स्वेच्छा राउत/पहिलोपोस्ट


ललितपुर : ललितपुर महालक्ष्मी नगरपालिकामा किरियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। बाबुको किरिया बसेका ध्रुव पौडेल र विनोद पौडेलले मतदान गरेका हुन्। किरिया बसेका उनीहरुकी श्रीमती रुनुदेवी पौडेल र अम्बिका पौडेलले पनि मतदान गरे।

मतदान केन्द्र इमाडोल गाविस भवनसम्म उनीहरुको साथमा ब्राह्मणसमेत गएका थिए। उनीहरु आठ दिनदेखि बुवाको मृत्यको शोकमा किरिया बसिरहेका छन्।

महालक्ष्मीको वडा नं १ मा रहेको मतदान केन्द्रमा दिउँसो उनीहरुले मतदान गरेका हुन्। मतदानको अनुभव सुनाउँदै विनोद पौडलले भने - 'मतदान भनेको यो युगको जिम्मेवारी हो। मतदान गरेर उत्साहित छु। नछोई मतदान गर्ने वातावरण बनाइदिएकोमा खुसी पनि लागेको छ।'

बुवा गिरिधारी पौडेलको निधनको शोकमा दुवै दाजुभाइ किरिया बसेका थिए। उनीहरुको साथमा बुहारीहरु पनि किरिया बसेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell