सल्यानः सल्यानको ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष गोलाप्रथाबाट छानिएको छ ।
ढोरचौर गाउँपालिका वडा नं. ४ बाट वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर ३ सय २१ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट कांग्रेसका दिनेश विएम विजयी भएका छन्।
स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को १४० बुँदामा मत बराबर भए गोला हाली निर्णय गर्नुपर्ने उल्लेख छ। यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी पाएको मानिने निर्देशिकामा उल्लेख छ।
यो अनुसार अब दिनेशले ३२२ मत प्राप्त गरी विजयी भएको मानिनेछ।