PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वर्षदिनमा अमेरिकी डलर बढ्यो, युरो र पाउण्ड झर्‍यो



वर्षदिनमा अमेरिकी डलर बढ्यो, युरो र पाउण्ड झर्‍यो

काठमाडौं : एक वर्षअघिको तुलनामा अमेरिकी डलरमा बृद्धि देखिए पनि युरो, पाउन्ड र अस्ट्रेलियन डलरको विनिमय दर राम्रैसँग खस्किएको छ।
 
एक वर्षअघि अमेरिकी डलर ९५.५६ रुपैयाँ थियो, अहिले पनि अमेरिकी डलर एक सय रुपैयाँको हाराहारीमै छ। तर युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य भने घटेको छ।
 
एक वर्षअघि आजकै दिन युरो १३२ रुपैयाँको हाराहारीमा पुगेको थियो, अहिले त्यो घटेर १०७ रुपैयाँमा झरेको छ। युरो पनि १५९ रुपैयाँबाट घटेर १४७ रुपैयाँ र अस्ट्रेलियन डलर ८८ रुपैयाँबाट घटेर ७६ रुपैयाँ हाराहारीमा झरेको छ।
 
सुनको मूल्यमा आएको गिरावट र युरो जोन कमजोर भएपछि अमेरिकी डलर बढेको हो। सुनपछि सबैभन्दा बढी विश्वास अमेरिकी डलरलाई गरिन्छ। अमेरिकी रोजगारी दरमा बृद्धि भएसँगै अमेरिकी डलरको मूल्य बढेको हो। यद्यपि अमेरिकी डलरको मूल्य ११० रुपैयाँसम्म पुगेको थियो।
 
अमेरिकी डलर प्रभावशाली भएसँगै युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आएको हो । नेपालीहरु बढीजसो पढ्नका लागि अमेरिका, बेलायत, युरोप र अस्ट्रेलियामा जान्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell