PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

काठमाडौं महानगरपालिकाको २५ नम्बर वडामा कांग्रेस

काठमाडौं महानगरपालिकाको २५ नम्बर वडामा कांग्रेस


काठमाडौं : २५ नम्बर वडा जितेपछि काठमाडौं महानगरपालिकामा कांग्रेसले दोस्रो वडामा आफूलाई स्थापित गरेको छ। वडा नम्बर २८ बाट खाता खोलेको कांग्रेसले वडा नम्बर २५ मा आज जित हासिल गर्‍यो।
 
वडा नम्बर २५ मा कांग्रेसका नीलकाजी शाक्यले जितेका छन्। उनले १५ सय २५ मत प्राप्त गरेर एमालेका बाबुराजा मर्हजनलाई पराजित गरेका हुन्। एमालेका महर्जनले १४ सय ४० मत प्राप्त गरेका थिए।

यसअघि महानगरको २८ नम्बर वडामा कांग्रेसका भाइराम खड्गी प्रकाश निर्वाचित भएका थिए। उनले एमालेका मधुसुदन तण्डुकारलाई पराजित गरेका हुन्। 


ट्रेन्डिङ पोस्ट

Ncell