PahiloPost

Dec 20, 2025 | ५ पुष २०८२

अशक्त महिला बलात्कार गर्नेलाई १२ वर्ष कैद सजाय



भीमदत्तनगर : अशक्त महिलालाई बलात्कार गर्ने डडेल्धुरा आलितालका टोपबहादुर गाहामगरलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला सुनाएको छ। 

अदालतले शुक्रबार गरेको फैसलाअनुसार उनलाई रु ५० हजार जरिवानासमेत गरिएको छ।

गत हप्ता पुर्पक्षका लागि कारागार चलान गरिएका आलिताल गाविस–५ का ४५ वर्षीय गाहामगरलाई आज सो फैसला सुनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक करवीर सिंह ऐरले जानकारी दिए। 

हिँड्डुलसमेत गर्न नसक्ने सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको अभियोगमा गाहामगर पक्राउ परेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell