PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कविता : साँढे बुद्ध खोजिरहेछ



कविता : साँढे बुद्ध खोजिरहेछ

  • आकाश क्षेत्री

 
कमला सडकमा

अजङ्गका खुट्टा चालिरहेछ

साँढे बुद्ध खोजिरहेछ।

 

निधारबाट माथिपट्टि

अहङ्कारका सिङहरु

कमजोर धरतीमा बजारिरहेछ

साँढे बुद्ध खोजिरहेछ।

 

मृत्युको भय कहाँ छ?

सफलताको राज खोज्दै

इर्श्याका राता आँखा

चारैतिर घुमार्इरहेछ

साँढे बुद्ध खोजिरहेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell