PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ललित स्मृती युथ फुटबल : ट्रयाकमा प्रशिक्षण गरेको एपीएफको रोमाञ्चक जित, फ्रेण्ड्सले मनाङलाई हरायो



गोविन्दराज नेपाल

ललित स्मृती युथ फुटबल : ट्रयाकमा प्रशिक्षण गरेको एपीएफको रोमाञ्चक जित, फ्रेण्ड्सले मनाङलाई हरायो

काठमाडौं : वैकल्पिक खेलाडी अजित वाइवाको दुई तथा इन्टजुरी टाइममा कप्तान सिद्धार्थ कुमार बलले निर्णायक गोल गरेपछि शसत्स्त्र प्रहरी बलको एपीएफले सोमबार ललित स्मृती यू-१८ च्याम्पियनसिपमा सरस्वती युथ क्लबमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको छ।

सोमबारै भएको दोस्रो खेलमा रमेश बर्तौलाले दुई गोल गरेपछि फ्रेण्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३-० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा सरस्वतीले एपीएफ विरुद्ध पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता लिएको थियो।

ओम प्रकाश सिंहले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका हुन्।

तर एक गोल गरेपछि रक्षात्मक खेलेको सरस्वतीले दोस्रो हाफमा ३ गोल खायो। त्यही सरस्वती रक्षात्मक खेलको फाइदा उठाउँदै भने एपीएफले कमब्याक गर्यो।

वैकल्पिक खेलाडी अजित वाइवा एपीएफको जितमा नायक बने। अजितले दुइ गोल गर्दै एपिएफलाई खेलमा फर्काएका थिए।

एपिएफका अजितले ६३औं मिनेटमा गोल गरेर खेल बराबरी गरे। बराबरीपछि हौसिएको एपीएफका लागि अजितले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २-१ को अग्रता दिलाए।

तर ८५औं मिनेटमा स्वरुप थापा मगरको डिफ्लेक्ट फ्रिकिकमा ओम प्काश सिंहले व्यक्तिगत दोस्रो गोल गरेपछि सरस्वती खेल २-२ को बराबरी गर्‍यो।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो भने ४ मिनेटको इन्जुरी टाइम थप गरियो। त्यसको पहिलो मिनेटमै एपीएफका कप्तान सिद्धार्थले सरस्वतीका गोलकिपर विष्णु कुमार केसी अगाडी बढेको मौकामा डिबक्स लाइन नजिकबाट भलि मार्फत गोल गर्दै ३-२ को अग्रता दिलाए। अन्तत सिद्धार्थको उक्त गोल नै एपीएपलाई ३ अंक दिलाउन पर्याप्त रह्ययो।

एपिएफका प्रशिक्षक निरज श्रेष्ठले ट्याकमा अभ्यास गरेरपनि सफल सुरुवात गर्न सफल भएको बताए। 'राष्ट्रिय टिमको तयारीका लागि हलचोकको हाम्रो स्टेडियममा हामीले तयारी गर्न पाएनौँ हामी ट्याकमा अभ्यास गरेर आएका हौँ। सानो स्थानबाट एकैपटक टूलो मैदानमा खेल्दा सुरुमा तालमेलको केही अभाव भएको थियो।'

उनले एक गोल गरेपछि सरस्वती रक्षात्मक खेल्नु र वैकल्पिक खेलाडी अजितको प्रदर्शनले जित हात पारेको बताए। ‘एक गोल गरेपछि सरस्वतीले डिफेन्समा जोड दिदै एउटा स्ट्राइकरमा खेलेको थियो। त्यसले हामीलाई उनीहरुमाथी दबाब बढाउन सहयोग गर्‍यो। हाम्रो फिटनेस र स्टामिन राम्रो छ। त्यसले पनि खेल जित्न सफल भयौँ। श्रेष्ठले भने।

अजित हाम्रो पिहलो रोजाइकै खेलाडी हुन्। तर ज्वरो आएको र थोरै तीन दिन मात्र टेरनिङ गरेका कारण उनलाई दोस्रो हाफमा मैदान पठाएको थिएँ। प्रशिक्षक श्रेष्ठको निर्णय सही सावित भयो।

प्रतियोगिता लागि ५० जनाबाट २० लागी छानेको श्रेष्ठले जानकारी गराए।

एफीएफ विरुद्ध टचलाइनमा खेलाडीलाई निर्देशन दिएका सरस्वती व्यवस्थापक कृष्णगोपाल श्रेष्ठले जितेको खेल हार्नु परेको प्रतिक्रिया दिए। उनले भने, ‘केटाहरुले सुरुवातमा गोल गर्ने बित्तिकै रक्षात्मक खेलन थाले। मैले तेसो भनेको थिइन। एक गोलको अग्रता जुन बेला पनि गुम्न सक्छ। खेल्यौ। यस्तै हाम्रो दुईवटा प्रहार बारमा लागेर फर्कियो। त्यो पनि हाम्रो लागि दुर्भागय रह्यो।

श्रेष्ठले खेलाडीको प्रदर्शनको प्रंशसा गर्न भने कनुज्साँई गरेनन्। पहिलो खेल हार्दा अप्ठयारो परेको श्रेष्ठले अगाडी बढ्न बाँकी दुई खेल जित्नुपर्ने बताए। जितपछि ३ अंक जोडेको एपीएफ समूह ए को शीर्ष स्थानमा छ। पहिलो खेल बराबरी खेलेका झापा र च्यासलको समान १ अंक छ।

यस्तै समूह बी को खेलमा मनाङ फ्रेण्ड्ससँग ३-० ले पराजित भयो। फ्रेण्ड्सका लागि रुमेशले ४७औं र ८२औं मिनेटमा गोल गरे। धिरज श्रेष्ठले ८५औं मिनेटमा गद्य गर्दै फ्रेण्ड्सलको जित पक्का गरे।

तीन वर्षपछि प्रतिस्पर्धात्मक खेलमा फर्किएको फ्रेण्ड्सले जितपछि समूह बी मा आर्मी समान ३ अंक जोडेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell