PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाको बन्द यथावत्



एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाको बन्द यथावत्
फोटो : शिव खकुरेलको फेसबुकबाट

  • पहिलोपोस्ट
काठमाडौँ : एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले बन्दका कार्यक्रम यथावत् राखेको छ। २४, २५ र २६ गतेका लागि आव्हान गरिएको बन्द फिर्ता हुने व्यापक अपेक्षाबीच मोर्चाले बन्द यथावत् राखेको हो। मोर्चाको सि‌हदरबारमा बसेको बैठकले बन्द लगायतका आन्दोलनका कार्यक्रमलाई थप ससश्क बनाउने निर्णय गरेको हो। 

'आन्दोलन थप सशक्त बनाउने निर्णय भयो', बैठकपछि मोर्चाका प्रवक्ता प्रेमबहादुर सिं‌हले भने। मोर्चाले साँझ ५ बजेपछि भने बन्द नगर्ने जनाएको छ। त्यस्तै हरेकदिन मोर्चाको बैठक बसेर बन्दको समिक्षा गर्ने निर्णय भएको सि‌हले बताए। 

मोर्चाले रौतहटको गौरमा भएको सेवा केन्द्र विस्तारका लागि भएको आन्दोलन प्रति सरकार गम्भीर नभएको निष्कर्ष निकालेेको छ। साथै सेवा केन्द्र विस्ताको कार्यलाई संविधान नबनेसम्म अगाडि नबढाउन आग्रह गरेको छ। 

यसैबीच तीस दलीय मोर्चामा नयाँ दल थपिएको छ। मोर्चामा चुरे भावर पार्टी थपिएको हो। यसअघि मोर्चामा रहेको जनता पार्टीले भने मोर्चा छाडेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell