PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

भारतविरुद्ध नेपालको फुटबल भोलि, प्रशिक्षक कोजी भन्छन्- कडा टक्कर दिन्छौँ



गोविन्दराज नेपाल

भारतविरुद्ध नेपालको फुटबल भोलि, प्रशिक्षक कोजी भन्छन्- कडा टक्कर दिन्छौँ

मुम्बईः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योतुकु कोजीले भारतसँग भोलि हुने मैत्रीपूर्ण खेल कठिन तर महत्वपूर्ण मानेका छन्।
 
सोमबार मुम्बईमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक कोजीले यमनविरुद्ध हुने एएफसी क्वालिफायर्सको लागि भारतविरुद्धको खेल तयारीको रुपमा रहेको बताए।

‘यो खेल एफसी क्वालिफयार्सको लागि तयारी खेल हो। भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ। भोलिको खेल कठिन र महत्वपूर्ण छ।’ कोजीले भने।
 
यस्तै, भारतले पछिल्लो २/३ वर्षमा धेरै सुधार गरिरहेको बताउँदै भारतविरुद्धको खेलले नेपाललाई सहयोग पुग्नेसमेत उनले बताए।
 
हामीले धैरै मैत्रीपूर्ण खेल खेल्न सकेका छैनौँ। नतिजा ल्याउन, प्रतिस्पर्धा गर्न र धेरै अवसर पाउनका लागि हामीलाई मैत्रीपूर्ण खेल चाहिन्छ। भारत सँगको खेलले नेपालालाई यसमा पनि सघाउ पुग्छ।

यद्यपि कोजीले भारतविरुद्ध राम्रो खेल्ने बताए। ‘हामीलाई जित अवश्यक छ र हामी राम्रो खेल्ने तयारीमा छौँ।  यमनसँगको खेलका लागि भनेर हामीले एक महिनादिख तयारी गरिहरहेका छौँ।’

उनले फिजिकल र ट्याक्टिकल रुपमा भारत राम्रो भएपनि नेपालले कडा टक्कर दिने बताए। यस्तै रोहितको आगमनले पनि टिम राम्रो भएको बताए।

यस्तै, नेपालका कप्तान विराज महर्जनले पनि भारतविरुद्धको खेल महत्पूर्ण रहेको बताउँदै यस खेलबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए।
 
यस्तै, कप्तान विराजले टिममा नयाँ खेलाडीहरुको समिश्रण रहेकोले भोलिका लागि राम्रो टिम निर्माण होस् भन्ने अभियानमा अगाडि बढेको बताए। 

एएफसी एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र भारतबीच मगलबार मुम्बईस्थित अँधेरी कम्प्लेक्स स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।

यता, भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सँधै प्रितस्पर्धात्मक हुने बताए। भोलि पनि हामी राम्रो खेलको प्रतिक्षामा छौँ र आशा छ हामी खेल जित्नेछौँ। उनले किर्गिस्तान विरुद्ध हुने एसियन कप क्वालिफायर्सका लागि नेपालसँगको खेल महत्वपूर्ण भएको बताए।
 
भारत अहिले फिफा वरियतामा एक सयौं स्थान छ। तर, भारतीय प्रशिक्षक कनस्टाइनले धेरै मिहनेत र परिश्रमले गर्दा भारत यो स्थानमा आइपुगेको बताए। तैपनि वरियताले नै सबैकुरा निर्धारण नगर्ने उनले बताए। 

यस्तै नियमित कप्तान सुनिल क्षेत्री नेपालविरुद्ध नखेल्ने भएका छन्। प्रशिक्षकले सुनिल नखेल्ने पुष्टि गरेका हुन्। उनको अनुपस्थितिमा भारतको कप्तानी गुरप्रित सिंह सान्धुले गर्नेछन्।

गुरप्रितले पछिल्लो दुई वर्षमा भारतले फुटबलमा धेरै विकास गरेको भन्दै अब त्यसलाई सदुपयोग गर्ने बेला आएको बताए।
 
यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो।

नेपालले यही जेठ ३० गते एसियन कप क्वालिफायर्सअन्तर्गत घरेलु मैदानमा यमनसँग खेल्दैछ। त्यही दिन भारतले पनि घरेलु मैदान किर्गिस्तानमा खेल्दैछ।

भारतले आफ्नो समूहको पहिलो खेल जितेको थियो भने नेपाल फिलिपिन्ससँग पराजित भएको थियो।

नेपाली राष्ट्रिय टोलीले पछिल्लो पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतसँग खेलेको थियो। विमल घर्ती मगरले गोल गरेको उक्त खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो।
 
त्यसको अर्को वर्ष नेपालले यू २३ टोलीले भारतलाई हराउँदै दक्षिण एसियाली फुटबलमा सर्वर्ण जितेको थियो। त्यस नेपाली टोलीमा पनि राष्ट्रिय खेलाडीको बाहुल्य रहेको थियो।

नेपाल र भारत सिनियर लेभलमा अहिलेसम्म १८ पटक आमने सामने भएका छन्। जसमा भारत १२ पटक विजयी भएको छ भने नेपालले २ खेल मात्र जितेको छ। बाँकी ४ खेल बराबरीमा टुङ्गिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell