PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

भारतीय कप्तान सुनिल क्षेत्री नेपाल विरुद्ध नखेल्ने



गोविन्दराज नेपाल

भारतीय कप्तान सुनिल क्षेत्री नेपाल विरुद्ध नखेल्ने

मुम्बई : भारतीय फुटबल टिमका नियमित कप्तान सुनिल क्षेत्री नेपालसँग भोली हुने मैत्रीपूर्ण खेल नखेल्ने भएका छन्। एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत नेपाल र भारतबीच मगलबार मुम्बईको अँधरी स्टेडियममा खेल हुँदैछ।

भारतीय टिमका प्रशिक्षक स्टेफन कनस्टाइनले सुनिल नेपाल विरुद्ध नखेल्ने बताएका हुन्।

'सुनिल पूर्ण रुपमा फिट छैनन्। त्यसैले उनी नेपालसँग खेल्नेछैनन्। हाम्रो लागि कीर्गिस्तान विरुद्को खेल पनि महत्वपूर्ण छ। त्यसैले सुनिलसँग जोखिम मोल्न चाहन्नौँ', उनले भने। 

सुनिलको अनुपस्थितिमा भारतको कप्तानी गोलरक्षक गुरप्रित मान सान्धुले गर्नेछन्। गुरप्रित नर्वेजियन क्लब स्टाबेकसँग आबद्ध छन्।

खेल विवरण

मिति : ६ जुन २०१७
स्थान : अँधेरी कम्प्लेक्स मुम्बई
समय : नेपाली ७:१५ भारतीय समय ७:०० बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell