PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

१० खेलाडीको नेपाल भारतसँग २-० ले पराजित



गोविन्दराज नेपाल

१० खेलाडीको नेपाल भारतसँग २-० ले पराजित

मुम्बई : मैत्रिपूर्ण खेलका लागि भारतको मुम्बई पुगेको नेपाली टोली आयोजक राष्ट्रबाट २-० ले पराजित भएको छ। 

मध्यान्तरसम्म ०-० को बराबरीमा रोकेको नेपालका लागि दोस्रो हाफ भने अपेक्षा अनुरुप हुन सकेन। ६० औँ मिनेटमा भारतका सन्देश झिनगनले क्रस बललाई पोस्टको बायाँ छेउ च्यापी गरेको प्रहार गोलमा परिणत भयो। 

त्यसको ८ मिनेटमै नेपालका कप्तान विराज महर्जनले रेडकार्डको सामना गरे। १० खेलाडीमा सीमित भएको नेपाललाई ७८ औँ मिनेटमा जेजे लालपख्लुले दोस्रो गोल गरे। 

परिणाम भारतको पक्षमा २-० ले गयो। 

आजको खेलमा भारतका नियमित कप्तान सुनील क्षेत्रीले खेलेका थिएनन्। 

नेपाली टोलीबाट विमल बस्नेत र हेमन्त थापा मगरले आज डेब्यु गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell