PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कप्तान विराज महर्जनको लक्ष्य यमन विरुद्ध क्लिनसिट



गोविन्दराज नेपाल

कप्तान विराज महर्जनको लक्ष्य यमन विरुद्ध क्लिनसिट

काठमाडौं : एसियन कप छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमा यमन विरुद्ध जितका लागि खेल्ने नेपाल कप्तान विराज महर्जनले बताएका छन्।

उनले टिममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै सकेसम्म यमन विरुद्ध राम्रो प्रदर्शन गर्ने बताए। 'यमन विरुद्ध यसअघिका कमजोरीहरु सुधार गर्दै राम्रो खेल्ने र सकेसम्म जितका लागि खेल्छौँ।'

'हाम्रो लक्ष्य जसरी हुन्छ क्लिनसिट बनाउनु हो।' सोमबार काठमाडौँमा आयोजित प्रिम्याच कन्फ्रेन्समा विराजले योजना सुनाए।

उनले होम ग्राउण्डमा हार्दा अवेमा गाह्रो हुने बताउँदै घरेलु मैदानको सदुपयोग गर्दै सकेसम्म जित्ने नभए गोल नखाने बताएका हुन्।

नेपाल समूह एफको पहिलो अवे खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको थियो।

कप्तान विराजले टिमको रेगुलर सदस्य नहुँदा निश्चय नै गाह्रो पर्ने बताए। 'रविन र विक्रम अहिले टिममा छैन। नयाँ भाइहरु आइरहेका छन्। त्यसैले पनि कम्बिनेस मिलेको छैन।'

उनले समस्या केलाउनु राम्रो भएपनि त्यसको पछि लाग्नु भन्दा पनि कसरी राम्रो खेल्ने भन्नेतर्फ सोच्नु पर्ने बताए।

टिममा डिफेन्सिभ एरर र कम्युनिकेसन ग्याप छ। यस्तै कन्फिडेसन आइरहेको छैन। यी सबैलाई मध्यनजर गर्दै यमन विरुद्ध सुधार गर्नेछौँ। विराजले भने। 'भोलीको टार्गेट डिफेन्सिभ भएर खेल्नु हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell