PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

फुटबलको क्रेज : टिकट नपाएपछि घरको छत बन्यो प्याराफिट

फुटबलको क्रेज : टिकट नपाएपछि घरको छत बन्यो प्याराफिट

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : मंगलबार हलचोकस्थित एपीएफको मैदानमा एसियन कप छनोट अन्तर्गत नेपाल र यमनबीचको खेल चलिरहँदा प्याराफिटमा जस्तै घरको छतमा बसेर खेल हेर्ने दर्शक पनि उत्तिकै थिए।

एपिएफ मैदानमा एन्फाले दर्शकका लागि ७ सय थान मात्र टिकट छुट्याएपछि मैदान नजिकै घर भएकाहरुले छतमा बसेर खेलको मज्जा लिएका हुन्। चर्को घामको कुनै मतलव नगरी दर्शकहरु कोही छाता ओढेर खेल हेर्दै थिए भने कोही मोबाइलमा फोटो कैद गर्न व्यस्त थिए।

एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाल भूकम्प पछि खेल्न लायक नहुँदा एन्फाले नेपाल र यमनको होम म्याच हलचोकमा आयोजना गरेको हो।

करिब १२ सय दर्शक अट्ने क्षमता भएपनि एन्फाले दर्शकका लागि ७ सय सिट मात्र छुट्याएको थियो। बाँकी सिट विभिन्न गेष्टहरुको लागि राखिएको थियो।

नेपालले यमनसँग घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै छनोटमा पहिलो अक समेत जोडेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell