PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जब आन्दोलनमा ऋषिले भेटे हिसिला, हेर्नुस् भिडियो



जब आन्दोलनमा ऋषिले भेटे हिसिला, हेर्नुस् भिडियो
हिसिला यमी

काठमाडौं : ३० दलीय गठबन्धनले बुधबार गरेको आमहड्तालका क्रममा सडकमा अनेक दृश्य देख्न पाइन्थ्यो। कतै तोडफोड हुन्थ्यो कतै मोटरसाइकल र ट्याक्सी जल्थे। कतै प्रहरी र बन्दकर्ताबीच भीडन्त, कतै नाचगान त कतै बहस र विवाद।

एमाओवादीले नेतृत्व गरेको ३० दलीय गठबन्धनका कार्यकर्ता नयाँ बानेश्वर र बबरमहलको बिचमा रहेको बिजुलीबजार क्षेत्रमा केन्द्रित थिए, जहाँ एमाओवादीका केन्द्रीय नेताहरु नै खटेका थिए।

घरीघरी बन्दकर्ताले पत्रकारको समेत कार्ड चेक गर्थे- म्याद नाघेको छ कि भन्दै।

यस्तैमा एउटा मारुती ८०० बन्दकर्ताको बिचमा छिर्‍यो। बन्दकर्ताले रोकिहाले। कारबाट बाहिर निस्के सुपरिचित सेलिब्रटी पत्रकार ऋषि धमला।
ऋषिको गाडी रोकेर नेतृ हिसिला यमीले सोधिन- भन्नुस् त ऋषि जी हाम्रो बन्द कस्तो छ?

ऋषिले केही भन्न नभ्याउँदै हिसिलाले फेरि भनिन्- गृहमन्त्रीलाई सुनाइदिनुस्, यहाँ नारा लागेको छ- गृहमन्त्री गौतम हो कि राक्षस?

ऋषिले 'हुन्छ हुन्छ' को भावमा हिसिलालाई नमस्कार गर्दै बिदा मागे। कतिपय कार्यकर्ता गाडी घरेर बसेका थिए।

'दाईलाई कहीँ त अवरोध छैन भने हामी किन अवरोध गर्ने?', बन्दकर्ताले ऋषिको गाडीलाई बाटो देखाए।  हेर्नुस् भिडियोः
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell