PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाओवादीसँग वैकल्पिक प्रस्ताव पेश गर्दै सत्तारुढ दल



एमाओवादीसँग वैकल्पिक प्रस्ताव पेश गर्दै सत्तारुढ दल

काठमाडौं: एकीकृत नेकपा माओवादीले वार्ताका लागि ठोस प्रस्ताव लिएर आउन गरेको आग्रह अनुसार सत्तारुढ कांग्रेस र एमालेले वैकल्पिक प्रस्तावहरु अगाडि बढाउने भएका छन्।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले सहमतिका लागि विभिन्न विकल्पमा छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

बैठकपछि एमाले नेता माधवकुमार नेपालले विकल्प दिने विषयमा छलफल भएको बताए। 'बैठकमा विभिन्न विकल्पमा छलफल गरी सो दिनसम्म कसरी सहमति जुटाउने भन्ने विषयमा गम्भीर छलफल भयो', नेता नेपालले भने। तर वैकल्पिक प्रस्ताव के हुने भन्ने विषय भने नेताहरुले खुलाएका छैनन्। 

यसअघि एकीकृत नेकपा माओवादीका नेताहरुले बुधबार बिहान प्रधानमन्त्री कोइरालासँगको भेटमा नयाँ प्रस्ताव ल्याउन आग्रह गरेका थिए। उनीहरुले संविधानसभाको बैठक ३० गतेसम्म स्थगन हुनुलाई आफूहरुले सहमतिको संकेतको रुपमा बुझेको बताएका थिए।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गत २३ गते संविधानसभाबाट शोक प्रस्ताव पारित गरेपछि एक साता संविधानसभाको बैठक सारेका थिए।

विहिबार मात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युरोपेली सासंदहरुसँगको भेटपछि नयाँ माग अगाडि नसारेको उल्लेख गर्दै विगतका सहमतिको कार्यन्वयनमा आफूहरुको जोड रहेको बताएका थिए।

'हामी सकेसम्म सहमतिको पक्षमा नै छौँ, विगतका सहमति कार्यान्वयन होस् भन्ने नै हाम्रो माग रहिआएको छ, नयाँ माग अगाडि सारेका छैनौँ, तर सत्तारूढ दल हाम्रा कुरालाई नयाँ र त्यो पूरा नै गर्न नसकिने माग जस्तो गरी प्रस्तुत भएका छन्, जसका कारण सहमति हुन सकेको छैन', प्रचण्डलाई उदृत गर्दै राससले लेखेको छ।

सत्तापक्ष ३० गतेसम्म भरपुर कोसिस गर्ने निष्कर्षमा

संविधानसभाको ३० गतेको बैठकबाट प्रक्रिया अनुसार संविधान निर्माण अगाडि बढाउने निष्कर्षमा पुगेका कांग्रेस र एमालेले पनि त्यतिन्जेल भने सहमतिका लागि कसरत गर्ने निर्णय गरेका छन्।

'आगामी संविधानसभाको बैठकमा संविधान निर्माणको प्रक्रिया अघि बढाउने र यसबीच एमाओवादीलगायत दलसँग सहमतिका लागि वार्तालाई पनि निरन्तर अघि बढाउने निर्णय भयो',  बैठकपछि उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले भने।

संविधानसभाको आगामी बैठकअघि असहमति भएका विषयमा मात्र केन्द्रित भएर वार्ता गरी सहमति जुटाउने निर्णय भएको काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए।

एकीकृत नेकपा माओवादीले सहमतिका लागि भन्दै गत २४ गते तीन दिनका लागि आव्हान गरेको बन्द १ दिनमा समिमि तुल्याएको थियो।

-राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell