PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अमेरिकाको डेनाली हिमाल आरोहणका क्रममा आरोही तथा अल्ट्रा धावक सञ्जयको निधन



अमेरिकाको डेनाली हिमाल आरोहणका क्रममा आरोही तथा अल्ट्रा धावक सञ्जयको निधन
फाइल फोटो

  • विष्णुहरि घिमिरे

नेपाली अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा रहेको डेनाली हिमाल आरोहण गर्ने क्रममा निधन भएको छ।

अलास्कास्थित डेनाली हिमाल चढ्दै गर्दा हाइहल्टिच्युडका कारण पण्डितको गत शुक्रबार निधन भएको न्यूयोर्कस्थित महाबाणिज्य दुतावासका बाणिज्य दुत कृष्ण कुमार सुवेदीले जनाए।

दुई दिन भित्रै पण्डितको शव नेपाली प्रतिनिधिको जिम्मा लगाइने उनले बताएका छन्। खराब मौसमका कारण उनको शव ल्याउन ढिलाई भएको दुतावासले जनाएको छ।

डेनाली उत्तर अमेरिकाको सर्वोच्च शिखर हो। केभिकेए अलास्काले अलास्कामा एक आरोहीको निधन भएको तर नाम भने नखुलेको समाचार प्रकाशित गरेको छ।

सञ्जयसँगै डेनाली आरोहणका लागि अन्य दुई व्यक्ति पनि गएका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य महादेशका समेत गरी आधा दर्जन बढी हिमाल आरोहण गरिसकेका पण्डित त्यसअघि अल्ट्रा धावकको रुपमा चर्चित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell