PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लाजिम्पाटमा एकाबिहानै दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते



काठमाडौँ : लाजिम्पाटमा आज बिहान सवा ३ बजे स ७ प ६८२१ नम्बरको मोटरसाइकल र बा ८३ प ९३१२ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा ३ जना घाइते भएका छन्।

महानगरीय ट्राफिक प्रहरीका अनुसार  दुर्घटनामा ९३१२ नम्बरको मोटरसाइकलका चालक रसुवा पार्वतीकुण्डका २६ वर्षीय लाक्पा तामाङ, ६८२१ नम्बरको मोटरसाइकलका चालक दाङ लमहीका ३० वर्षीय तीर्थ कुमार चौधरी र सोही मोटरसाइकल पछाडि चढेकी सर्लाही गोलबठ्ठा ३ का २७ वर्षकी अवाता लामा घाइते भएका हुन्।

घाइते सबैको वीर अस्पतालमा उपचार भैरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell