PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भरतपुरमा बस पल्टाएर चालक फरार, ६ यात्रु घाइते



भरतपुरमा बस पल्टाएर चालक फरार, ६ यात्रु घाइते

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका ११ बसेनी गुम्बाथान नजिकै गएराति साढे १ बजे ना ५ ख ३०९९ नम्बरको बस पल्टिँदा ६ जना घाइते भएका छन्।

दुर्घटना भएको बसमा अन्दाजी ३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। घाइते मध्ये बारा पथरौता बेनौलीका ७५ वर्षीय जवरेज महराको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने अन्य ५ जनाको जिल्ला अस्पताल भरतपुरमा उपचार भैरहेको छ। घाइतेहरुको अवस्था खतरामुक्त रहेको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भैरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell