PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

भारतमा नेपाली यू-१९ क्रिकेटरको तयारी निरन्तर, शनिबार अभ्यास खेल खेल्ने

भारतमा नेपाली यू-१९ क्रिकेटरको तयारी निरन्तर, शनिबार अभ्यास खेल खेल्ने

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली यू-१० टोली अहिले थप प्रशिक्षणका लागि भारतमा छ। अघिल्लो साता भारत गएको नेपाली युवा टोलीले नोइडा क्रिकेट स्टेडियममा प्रशिक्षण गरिरहेको छ। विनोद दास र कलाम अलीको प्रशिक्षणमा १८ सदस्यी नेपाली क्रिकेट टोली भारतमा छन्।

नेपालले त्यहाँ अभ्यास खेल समेत खेल्ने भनेपनि अहिलेसम्म कुनै खेल भने खेलेको छैन। गत मगबलार दिल्ली वान्डर्ससँग अभ्यास खेल खेल्ने तय भएपनि हुन सकेन।

यस्तै भोली शुक्रबारका लागि तय भएको खेल पर्सी शनिबारका लागि सारिएको नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जनाएका छन्।

शनिबार खेल्ने टीमको नाम टुङ्गो नलागिसकेको शिवाकोटीले जानकारी दिए।

आगामी जुलाईमा सिंगापुरमा हुने एसियाली स्तरको छनोटमा नेपालसँगै अफगानिस्तान, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये विजेताले अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ।

फोटो : रमन शिवाकोटी



ट्रेन्डिङ पोस्ट

Ncell