PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका नौ कृति सार्वजनिक



मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका नौ कृति सार्वजनिक

काठमाडौं : मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि 'श्रेष्ठ सूची' मा परेका ९ कृतिको नाम सार्वजनिक गरेको छ। १९५ पुस्तक मध्ये गुठीले आइतबार नौ पुस्तक सार्वजनिक गरेको हो।

यसअघि गुठीले सीधै मदन पुरस्कार घोषणा गर्ने गरेको भए पनि गत वर्षदेखि उत्कृष्ट १० पुस्तकको नाम सार्वजनिक गरी त्यसमध्येबाट एउटालाई पुरस्कार दिने गरेको हो।  

यस पटकका उत्कृष्ट नौ कृति- 
१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा - पुरुषोत्तमलोचन श्रेष्ठ 
२) छाउघर (उपन्यास) - राज सरगम 
३) तपन (उपन्यास) - शरद पौडेल 
४) दोहाको सिधा उडान (नियात्रा)- जय छाङ्छा 
५) धृतराष्ट्र (खण्डकाब्य) - घनश्याम कँडेल 
६) प्रतिनायक - हरि अधिकारी 
७) म स्त्री अर्थात आइमाई (कविता) - सीमा आभास
८) शुक्रराज शास्त्रीको चस्मा (कथा) - राजेन्द्र पराजुली 
९) सगरमाथाको गहिराई (कविता) - नवराज पराजुली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell