PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बंगलादेश विरुद्धको जितबाट सन्तुष्ट प्रशिक्षक राजुकाजी भन्छन्, युएईमा अझै मेहनत गर्नुपर्छ



गोविन्दराज नेपाल

बंगलादेश विरुद्धको जितबाट सन्तुष्ट प्रशिक्षक राजुकाजी भन्छन्, युएईमा अझै मेहनत गर्नुपर्छ

काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सको तयारीमा रहेको नेपाल यू २३ ले मैत्रीपूर्ण खेलमा बंगलादेश यू-२३ लाई १-० ले हरायो। एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपालका लागि कप्तान विमल घर्ती मगरले निर्णायक गोल गरे।

जितपछि नेपालका मुख्य प्रशिक्षक राजुकाशी शाक्य खेलबाट सन्तुष्ट रहेको बताउँदै युएईमा अझै मेहनत गर्नुपर्ने बताए।

'खेल जितेपछि नै राम्रो हुन्छ, हाम्रो मुख्य टार्गेट भनेको युएईमा राम्रो गर्नु हो। मैल खेलअघि इन्जुर्ड नहुने, ट्याक्टीकल्ली खेल्ने र रिजल्ट हात पार्ने बताएको थिएँ त्यसमा सफल भयौँ सन्तुष्ट छु।' सिनियर टोलीका प्रशिक्षक समेत रहेको शाक्यले भने।

'युएईमा यो भन्दा अझ राम्रो खर्ल्नुपर्छ। हामीसँग खेल्ने टीमहरु बेटर छन्। हामीले अझै मेहनत गर्नुपर्छ।' बंगलादेश विरुद्धको खेलमा शाक्यले ४-५-१ को फर्मेसनमा नेपाली टोली उतारेका थिए। विमललाई एक्लो फरवार्डको रुपमा खेलाएर उनले हेमन्त थापा मगरुलाई डिफेन्सिभ मिडफिल्डमा खेलाए। तर त्यसमा भने शाक्यले पूर्ण रुपमा सन्तुष्ट हुन सकेनन्।

'हेमन्तलाई डिफेन्समा खेलाउदा मिडफिल्डमा केही ग्याप देखियो।'

पहिलो हाफको २०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका कप्तान विमल त्यसको चार मिनेटपछि काँधको चोटको कारण मैदान बाहिरिए। उनको स्थानमा विश्वास श्रेष्ठ ३१औं मिनेटमा मांन प्रवेश गरेका थिए। प्रशिक्षक शाक्यले विश्वासले दोस्रो हाफमा राम्रो खेलेको बताए।

नेपाल यही बिहिबार क्वालिफायर्स खेल्न युएई जाँदैछ र शनिबारबाट खेल सुरु हुनेछ। जहाँ नेपालले ५ दिनको अन्तरमा समूह चरणका ३ खेल खेल्नुपर्छ। प्रशिक्षक शाक्य नेपालले यसभन्दा केही अघि मैत्रीपूर्ण खेल खेल्न पाएको भए अझै राम्रो हुने बताए।

यता कप्तान विमलल आफ्नो इन्जुरी साधारण भएको बताए। विमलले एउटा मात्र मैत्रीपूर्ण खेलले नपुग्ने बताए।  'अहिले टिममा रहेका नयाँ केटाहरुसँग अनुभव कम छ। बंगलादेश भन्दा बेटर टिमसँग २/३ वटा मैपीपूर्ण खेल खेल्न पाएको भए राम्रो हुन्थ्यो र अनुभव पनि हासिल हुन्थ्यो।'

बंगलादेशका प्रशिक्षक आन्द्रे ओर्डले नेपालका स्ट्राइकरले राम्रो खेलेको र घरेलु दर्शकको साथ पाएको प्रतिक्रिया दिए। 'नेपाली टिममा अनुभवी खेलाडीहरु छन्। गुड स्ट्राइकर पावरफुल प्लेअर।' 'हामीले खेलमा पकड राख्यौँ तर नेपालको स्ट्राइकर राम्रो थियो। खेलको फरक नै स्ट्राइकर रह्ययो।'  यस्तै उनले नेपालको पिच पिन फरक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell