PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

मदनकृष्ण श्रेष्ठको आत्मवृत्तान्त वैवाहिक वर्षगाँठमा 



स्वेच्छा राउत

मदनकृष्ण श्रेष्ठको आत्मवृत्तान्त वैवाहिक वर्षगाँठमा 

काठमाडौं: हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पुस्तकको नाम र सार्वजनिक मिति घोषणा भएको छ। मदनकृष्ण श्रेष्ठको आत्मवृतान्त उनको र श्रीमती एशोदाको ४४ ‍औं वैवाहिक वर्षगाँठको अवसर पारेर भदौ २० गते सार्वजनिक हुने जनाइएको छ। उनको पुस्तकको नाम 'महको म' रहेको छ।
बुधवार कार्यक्रम आयोजना गरी पुस्तकको नाम र विमोचन मितिबारे जानकारी दिइएको हो। कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका निरज भारी र लेखक मदनकृष्ण श्रेष्ठबीच कन्ट्र्याक्ट समेत भयो। 

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले भने, '६ वर्ष लामो मिहेनत पछि बल्ल किताब प्रकाशनमा आउने भयो। खुशी छु।' 

उनले किताबको नामबारे प्रष्ट पार्दै भने, 'महको म यो वर्ष मात्र आउन लागे पनि ह चाहिँ चिना हराएको मान्छे हो।' किताबमा आफ्नो बाल्यकाल, स्कूल जीवनको कथा, परिवार, संगीत यात्रा, कलाकारिताबारे समावेश गरेको उनले बताए। 

'उमेर र परिपक्वताको हिसाबले यो किताब अगाडि आउनुपर्ने हो तर उहाँकै हौसलाले चिना हराएको मान्छे पहिले विमोचन भयो। केही पछि हाम्रो संयुक्त कृति सार्वजनिक हुन्छ,' हरिवंश आचार्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell