PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

नेपाली भलिबल खेलाडीलाई प्रशिक्षण दिन डच कोच आउँदै, यस्तो छ उनको नेपाल नाता



गोविन्दराज नेपाल

नेपाली भलिबल खेलाडीलाई प्रशिक्षण दिन डच कोच आउँदै, यस्तो छ उनको नेपाल नाता
फोटो : http://www.rijnmond.nl

काठमाडौं : यही साउनको दोस्रो साता नेपाली भलिबल टोलीले विदेशी प्रशिक्षकबाट प्रशिक्षण पाउनेछ। नेपाललाई थप प्रशिक्षण गराउनका लागि नेदरल्याण्ड्सबाट विश्वस्तरीय प्रशिक्षक नेपाल आउन लागेका हुन्। प्रशिक्षक म्याट भान विजल र भलिबलको सर्वोच्च निकाय फिभका डेभलवमेन्ट म्यानेजर पिटर भान तरेल पनि सँगै आउँदैछन्। उनीहरु यही जुलाई २४ मा नेपाल आउनेछन्।

२०७२ वैसाख १२ गतेको भूकम्पपछि उद्दारका लागि भलिबलसँग जोडिएका यी दुवै सहयोगीका रुपमा नेपाल आएका थिए। उनीहरुले विभिन्न स्थानबाट रकम संकलन गरी नेपालमा सहयोग गरेका थिए।

यसअघि नै नेपाल घुमिसकेको कोच म्याट र पिटर दुवै नेपाल आउन पाउँदा उत्साहित छन्।

अनलाइन कुराकानीमा उनले नेदरल्याण्ड्स र नेपाल बीचमा धेरै समानता रहेको बताए।

नेपाल आउने पक्का भएपछि पिटरले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै दुई वर्ष अगाडि नेपाल आएको र अब नेपालको भलिबलको विकासका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन्।  

पिटरका अनुसार दुई वर्षअघि उनीहरु नेपाल आउँदा डच इन्टरनेसनल खेलाडी रोवर्ट एनड्रिङ्गा पनि नेपाल आएका थिए। उनी अर्को वर्ष वर्ल्ड च्याम्पियनसीप खेल्ने तयारीमा छन्।

नेपालको भलिबल विकासमा योगदान गर्दै फरक ढंगबाट नेपाललाई सहयोग गर्न चाहेको उनले उल्लेख गरेका छन्। उनले आफ्नो प्रिय खेललाई नेपाल सरकारले राष्ट्रिय खेलको मान्यता दिएपछि अब नेक्स्ट लेभलमा अगाडि बढ्ने समय भएको बताए।

पिटरले नेपालका कोपिला उप्रेती, पूर्व कप्तान भरत शाह, वर्तमान प्रशिक्षक जगदीश भट्टलगायतलाई चिनेको पनि जानकारी दिए।

नेपालमा भलिलब खेल चर्चित र लोकप्रिय रहेको भन्दै आफूहरु एकदम उत्सुक रहेको बताए। उनले नेपाल भलिबल संघले पनि पछिल्लो वर्षमा राम्रो गरिरहेको बताए।

म्याटसँगै नेपाल आउने पिटर एक हप्ता नेपाल बस्नेछन्। यसक्रममा फेडेरेसन इन्टरनेसनल डे भलिबलका लागि भिडियो सुट गर्ने उनले जानकारी दिए। यस्तै राष्ट्रिय टिमका खेलाडीका साथै यहाँका केही प्रशिक्षकलाई पनि ट्रेनिङ दिने र पाँच वटा स्कुलमा भलिबल क्लिनिक सञ्चालन गर्ने उनले जनाए।

लेभल फाइभ कोर्स गरेका प्रशिक्षक म्याट भान विजल एक महिना नेपाल बस्ने नेपाल भलिबल स‌ंघका महासचिव जितेन्द्र बहादुर चन्दले पहिलोपोष्टलाई जानकारी दिए।

चन्दका अनुसार म्याट द्वीपक्षीय सहकार्यको कार्यक्रम अन्तर्गत नेपाल आउन लागेका हुन् र यो प्रोग्राम २०१९ सम्म सञ्चालन हुनेछ।

नेदरल्याण्ड्स भलिबल संघ र एनभिएबीचको सम्झौताका आधारमा म्याट नेपाल आउन लागेका हुन्। उनीहरुको नेपाल आउने जाने खर्च नेदरल्याण्ड्स भलिबल संघले बेहोर्ने र नेपाल बसाईँको सबै खर्च एनभिएले बेहोर्ने सचिव चन्दले जानकारी दिए।

यसपटक उनले नेपालको पुरुष राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनेछन्। अर्को वर्ष आउँदा महिला टिमको प्रशिक्षण समेत हेर्ने कुरा भए पनि निर्णय भइनसकेको चन्दले बताए।

यसै वर्ष हुने एभिसी जोनल च्याम्पियनसीप, २०१८ मा एसियन गेम्स र २०१९ मा हुने दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राखेर डच प्रशिक्षकले नेपालमा प्रशिक्षण दिन लागेका हुन्।

डच भलिबलमा म्याटले थुप्रे उपलब्धी हासिल गरिसकेको र उनको आगमनले नेपाली भलिबललाई फाइदा पुग्ने चन्दको विश्वास छ।

 

को हुन् म्याट भान विजल

म्याट भान विजल अहिले स्लाइरेच क्लबको प्रशिक्षक छन्। उनले नेपालमा रहेका व्यक्तिसँग आफ्नो कुरा भएको र भलिबल नेपालमा लोकप्रिय रहेकाले नेपाल आउन लागेको बताए।

स्इरेजका सफल प्रशिक्षकका रुपमा रहेका विजलले आफू एसियन देश आउनका लागि तयारी अवस्थामा रहेको बताए।

क्लबमा प्रशिक्षक हुनुअघि विजल नेदरल्याण्ड्सको जुनियर र युवा उमेर समूहको प्रशिक्षकका रुपमा कार्यरत थिए। उनले २०१४ मा यू-१९ युरिपयन भलिबल च्याम्पियनसीपमा नेदरल्याण्ड्सको युवा टोलीलाई प्रशिक्षण दिएका थिए भने २०१५ मा फिभ यू-२०/२१ भलिबलका लागि पनि डच टोली हेरेका थिए।

उनले युवा टोलीलाई विभिन्न युरोपेली प्रतियोगितामा प्रशिक्षण दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell