काठमाडौं : भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि नेपालको पुरुष भलिबल टोलीले पहिलो खेलको रुपमा बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्ने भएको छ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले आगामी भदौको दोस्रो साता बंगलादेशको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल बउने पहिलोपोष्टलाई जानकारी दिए।
उनका अनुसार भदौ १३ र १४ गते नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुनेछ।
त्यसअघि नेपाली टोलीलाई डच प्रशिक्षक म्याट भान विजलले करिब एक महिना प्रशिक्षण दिनेछन्। त्यसका लागि म्याट यही जुलाई २४ मा नेपाल आउँदैछन्।
नेपाल भलिबल संघको प्रस्तावपछि बंगलादेशी टोली नेपाल आउन लागेको हो। १३औ साग, एसियन गेम्स लगायत प्रतियोगितालाई मध्यनजर गर्दै विदेशी प्रशिक्षक ल्याउन लागेको नेपालले खेलाडीलाई थप एक्सपोजर दिन र राम्रो टिम तयार बनाउन बंगलादेशसँग मैत्रीपूर्इ खेल खेलाउन लागेको बताए।