PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

अमेरिकामा प्रतिमाको पहिलो गल्फ प्रतिस्पर्धा आजबाट



गोविन्दराज नेपाल

अमेरिकामा प्रतिमाको पहिलो गल्फ प्रतिस्पर्धा आजबाट
फोटो : प्रतिमाको फेसबुक

काठमाडौं : नेपाली नम्वर वान लेडी गल्फर प्रतिमा शेर्पाले पहिलो विदेशी टुर्नामेन्ट खेल्दैछिन्। आजबाट अमेरिकामा सुरु हुने ५०औं टिटलिस्ट म्याच प्ले गल्फ प्रतियोगितामा मार्फत उनले इन्टरनेशनल टुर्नामेन्टमा डेब्यु गर्दैछिन्।

टिटलिस्टका साथै तीन प्रतियोगितामा सहभागि हुन र वैदेशिक प्रशिक्षणका लागि प्रतिमा र उनका प्रशिक्षक सचिन भट्टराई यही जुलाईको पहिलो साता अमेरिका पुगेका थिए।

त्यसयता प्रतिमाले क्यालिफोर्नियामा प्रशिक्षण गरिन्। पहिलो पटक विदेशी पुगेकी प्रतिमाले वैदेशिक प्रशिक्षणको नयाँ अनुभव समेत हासिल गरेकी छिन्।

नेपालको भन्दा अमेरिकाको गल्फ कोर्समा फरक अनुभन बटुल्दै छिन् प्रतिमा।

उनले नेपाल र अमेरिकामाको गल्फ सिकाईमा धेरै फरक रहेको पहिलोपोष्टलाई बताइन्। 'म यहाँ खेल्न पाउँदा अती नै उत्साहित छु। पहिलोपटक विदेश आएकी हुनाले गल्फबारे अझै बुझ्दैछु।' क्यालिफोर्नियाबाट प्रतिमाले भनिन्।

विदेशी टुर्नानमेन्ट खेल्न पाउँदा झनै उत्साहित छिन् प्रतिमा। 'म एकदमै उत्साहित छु यहाँ प्रतिस्पर्धीहरु कसले कस्तो खेल्छन् भनेर जान्न उत्सुक छु।'

उनले अमेरिकाको ट्रनिङ स्टाइल र सिक्ने स्टाइल समेत मन परेको प्रतिक्रिया दिइन्। 'यहाँ ट्रेनिङ गर्ने स्टाइल नेपालको भन्दा फरक छ। हाम्रो हरेक मिस्टेकलाई एक एक गरेर केलाइदिन्छन्।'

'यहाँको थिओरी र प्राक्टिकल दुवै तरिकाले प्राक्टिस गराइन्छ। जसले म प्रभावित भएँ।'

यसअघि दुई पटक फाल्डो इन्टरनेशनल सिरिज खेल्ने अवसर नागरिकता नभएकै कारण गुमाएकी प्रतिमाले अहिलेको वैदेशिक भ्रमणलाई सक्दो उपयोग गर्ने बताएकी छन्।

प्रतिमाले टिटलिस्ट च्याम्पियनसिपपछि अमेरिकामै जुलाई ३१ मा हुने फाउण्डर्स कप र अगस्ट ५ र ६ मा हे टेलरमेड टुर च्याम्पियनसिपमा समेत भाग लिनेछिन्।

त्यस्तै प्रतिमाले क्यालिफोर्नियाको भेन्टुरामा रहेको गल्फ एकेडेमी अफ ओलिभिया लिङ्स गल्फ कोर्समा प्रशिक्षण गर्नेछिन्।

टार्गेट 'लेडी प्रो' र '२०२० ओलम्पिक'

नेपालमा अहिलेसम्म महिला व्यावसायिक गल्फर छैनन्। रोएल नेपाल गल्फ क्लबको होल नम्वर थ्री नजिकै बस्ने प्रतिमाले त्यहीबाट स्टिक चलाउन सिकिन्। उनको स्टिक स्वेशमा मात्र नभएर अब विदेशमा समेत चम्कने भएको छ।

अमेरिका प्रस्थान गर्नुअघि प्रतिमाले आफ्नो लक्ष्य भनेकै नेपालको फस्ट लेडी प्रो गल्फर बन्ने बताएकी थिइन्। त्यसका लागि कडा मेहनत गर्ने समेत उनले वाचा गरेकी छिन्।

अमेरिका पुगेपछि प्रतिमाको मनमा अर्को नयाँ लक्ष्य फुरेको छ। उनी सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक खेल्न चाहन्छिन्।

जापानमै ओलम्पिक हुन लागेको बारे अनविज्ञ रहेपनि ओलम्पिक सम्म पुग्ने सोच प्रतिमाको छ।

'अब हेरम के हुन्छ, तर मलाई ओलम्पकिमा खेल्ने इच्छा।' अमेरिका पुगेपछि उनलाई प्रशिक्षक सचिन भट्टराईले समेत ओलम्पिक बारे जानकारी गराएको पहिलोपोस्टलाई बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell