PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

१७औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा चार नेपाली खेलाडी, लक्ष्य राष्ट्रिय कीर्तिमान



गोविन्दराज नेपाल

१७औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा चार नेपाली खेलाडी, लक्ष्य राष्ट्रिय कीर्तिमान

काठमाडौं : १७औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा नेपालबाट चार खेलाडीले सहभागिता जनाउँदैछन्। हंगेरीमा आगामी आइतबार (जुलाई २३) बाट सुरु हुने स्वीमिङ विधातर्फ नेपालबाट दुई महिला र दुई पुरुष खेलाडीले भाग लिनेछन्।

फिना वर्ल्ड च्याम्पियनसिप अन्तर्गत अन्य विधाका प्रतिस्पर्धाहरु भने यसअघि नै सुरु भइसकेका छन्।

नेपालबाट सोफिया शाहले महिलाको ५० मिटर फ्रिस्टाइल र सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। महिलातर्फनै तिशा शाक्यले सय मिटर ब्रेडस्ट्रोक र दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।

यस्तै पुरुषतर्फ शुभम श्रेष्ठले ५० र सय मिटर ब्रेडस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् भने अनुभव सुब्बाले ५० मिटर बटरफ्लाई र सय मिटर फ्रिस्टाइलमा भिड्नेछन्।

चार खेलाडीसँगै प्रशिक्षक रत्नलाल महर्जन र अफिसियन पारस श्रेष्ठ भोली बुधबार हंगेरी प्रस्थान गर्नेछन्।

विश्वका उत्कृष्ट स्वीमरहरुले प्रतिस्पर्धा गर्ने वर्ल्ड च्याम्पियनसिपमा नेपाली खेलाडीको लक्ष्य भने कीर्तिमान सुधार मात्र रहेको छ। विगत चार महिना यता रत्नलालको प्रशिक्षणमा चार खेलाडीले प्रशिक्षण गरेका थिए।

'यहाँ १२ महिना ट्रेनिङ गर्न पाउँदैनौँ, चार महिना मात्र ट्रेनिङ गरेका छौँ। हाम्रो लक्ष्य भने यसपटक राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने हो।' प्रशिक्षकले रत्नलालले मंगलबार बदाई कार्यक्रमपछि पहिलोपोस्टसँग भने। 'त्यसैका लागि हामीले मेहनत गरेका छौँ र खेलाडीले त्यसलाई पूरा गर्ने अपेक्षा छ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell