PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मिस नेपालमा कसले के उपाधि जितिन्?



मिस नेपालमा कसले के उपाधि जितिन्?

काठमाडौँ : यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जितिन्। १९ प्रतियोगीहरुमध्ये अधिकांशले एउटा टाइटल अवार्ड जितिन्। कसले के के उपाधि जिते त ? शुक्रबार हुनुपर्ने मिस नेपालको अन्तिम प्रतिस्पर्धा राष्ट्रिय शोकका कारण शनिबार सारिएको थियो। होटल अन्नपूर्णमा भएको कार्यक्रमलाई राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। 


मुख्य प्रायोजक फ्यान्टाको तर्फबाट फ्यान्टा मिस बब्लीको उपाधि जितिन् निश्मा चौधरीले। 


दर्शकको एसएमएस भोटिङबाट मिस पपुलर उपाधि जितिन् नुनिङ लिम्बुले। 


मिस फोटोजेनिकको उपाधि दिव्यता वैद्यलाई।

मिस पर्सनालिटी, इन्टेलेक्चुअल र मिस गस गर्लको उपाधि इभाना मानन्धरलाई।


स्कलर अफ द इयर सुदीपा पाठक, बेस्ट कम्प्लेक्सन निश्मा चौधरीलाई।

 

 
मिस ट्यालेन्ट उपाधि पूजा श्रेष्ठलाई, मिस फ्रेन्डसिप उपाधि सोनु थापा मगर, ब्युटी विद् पर्पज उपाधि रेबिका क्षेत्रीलाई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell