PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

यू १९ विश्वकप छनोट : अफगानिस्तानविरुद्ध नेपालको असली परीक्षा



गोविन्दराज नेपाल

यू १९ विश्वकप छनोट : अफगानिस्तानविरुद्ध नेपालको असली परीक्षा

काठमाडौं : सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यू-१९ क्रिकेट विश्वकपका लागि अहिले एसियन क्षेत्रको छनोट सिंगापुरमा भइरहेको छ। आयोजक सिंगापुरसहित एसियाका नेपाल, अफगानिस्तान र मलेसियाको युवा टोली शीर्ष स्थानमा रहनका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

डबल राउण्ड रोविन लिगबाट शीर्ष स्थानमा रहने टीम अर्को वर्षको विश्वकपको लागि छानिनेछ। अहिलेसम्म कूल ४ खेल सकिइसकेको छ। नेपाल र अफगानिस्तानले दुई-दुई हात पारिसकेका छन्।

तेस्रो खेलमा भोलि नेपाल र अफगानिस्तान भिड्दैछन्।

दुवै खेलमा नेपाल र अफगानिस्तानले विपक्षीको ब्याटिङ धरासयी पार्दै जित निकालेका थिए। तर नेपालले हात पारेको जितको तुलनामा अफगानिस्तानले सहज जित हात पार्‍यो।

नेपालले पहिलो खेलमा सिंगापुरले दिएको ७४ रनको लक्ष्य पूरा गर्न ६ विकेट गुमाएको थियो भने दोस्रो खेलमा मलेसियाविरुद्ध ५९ रनको लक्ष्य पूरा गर्न ५ विकेट गुमायो।

उता अफगानिस्तानले पहिलो खेलमा मलेसियालाई ८ तथा दोस्रो खेलमा सिंगापुरलाई ७ विकेटले  हरायो।

दुवै खेलमा नेपाल र अफगानिस्तानका बलरहरु हावी बने।

नेपालका कप्तान सन्दीप लामिछानेले दुवै खेलमा ५-५ विकेट लिदा विपक्षीको ब्याटिङ ध्वस्त भएको थियो। सर्वाधिक विकेट लिनेको सूचीमा सन्दीप (१० विकेट) शीर्ष स्थानमा छन्। उनलाई पछ्याइरहेका अफगानिस्तानको युसुफ जजाईको ९ विकेट छ। १८ वषींय मिडियम फास्ट बलर जजाईले मलेसियाविरुद्ध ४ तथा सिंगापुरविरुद्ध ५ विकेट लिएका थिए।

नेपाल र अफगानिस्तान दुवैको बलिङ युनिट बलियो छ।

सन्दीपको नेतृत्वमा रहेको नेपाली बलिङमा स्पीनर शहाब आलम, पवन सारफ तथा फास्ट बलिङमा किशोर महतो र रोहित कुमार पौडेल छन्।

जजाईसाऊ कप्तान नाभिन उल हक, मुजिव र जाहिर खानले अफगानिस्तानको बलिङ सम्हाल्दै आएका छन्।

दुवै खेलमा नेपाल र अफगानिस्तानले २० ओभर भन्दा कम ब्याटिङ गरेका कारण ब्याट्सम्यानको असली परीक्षा हुन बाँकी छ। यद्यपी अफगानी ब्याट्सम्यानको तुलनामा नेपालले ब्याटिङमा बढी संघर्ष गरिरहेको छ। भारतमा करिब ३ साता ब्याटिङ पिचमा अभ्यास गरेको नेपालको लागि सिंगापुरको पिच अली चुनौती बनेको नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताएका छन्।

बलिङमा राम्रो देखिएपद्दि नेपालको ब्याटिङ अर्डर चल्न सकेको छैन। दुई खेलमा गरेर नेपालका ९ खेलाडीले ब्याटिङ गरिसकेका छन्। तर कसैले पनि उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्। सिंगापुर विरुद्ध प्रनित थापा मगर र मलेसिया विरुद्ध आसिफ शेखले सर्वाधिक २३-२३ रन बनाएका थिए। प्रनित मलेसिया विरौध पनि नटआउट १८ रन बनाएका थिए।

आश गरिएका दीपेनद्र सिंह ऐरी, सन्दीप सुनार, अनिल कुमार शाहको ब्याट चल्न सकेको छैन।

ब्याटिङमा सुधार गर्दै एकरुपताको प्रदर्शन गर्नु नै अफगानिस्तान विरुद्ध नेपालको लागि मुख्य चुनौती हुनेछ।

उता दुई खेलमा अफगानिस्तानका ५ खेलाडीले मात्र ब्याटिङ गरेका छन्।

अफगानिस्तानकाे टिममा सन् २०१६ मा बंगलादेशमा सम्पन्न युथ विश्वकप खेलेका ट खेलाडी छन् भने नेपाली टीममा विश्वकप खेलेका ३ खेलाडी मात्र छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell