PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

टेलिकमको डाटा प्याकेज वेबसाइटबाटै खरिद गर्न सकिने



टेलिकमको डाटा प्याकेज वेबसाइटबाटै खरिद गर्न सकिने

काठमाडौं : नेपाल टेलिकमका विभिन्न डाटा प्याकेज टेलिकमको वेबसाइटबाट खरीद गर्न सकिने भएको छ। 

डाटा खरीदका लागि http://offer.ntc.net.np/ लगअन गर्नु पर्छ । टेलिकमका अनुसार आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्न सकिन्छ।

विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न सकिन्छ। टेलिकमका अनुसार त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ ।
 
सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुनेछ। डाटा प्याकेज पाउन मोबाइलमा आवश्यक ब्यालेन्स भने हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell