PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सञ्चारकर्मीलार्इ एडिएसएलमा ६० प्रतिशत छुट, वृद्ध पत्रकारलार्इ मासिक भत्ता



सञ्चारकर्मीलार्इ  एडिएसएलमा ६० प्रतिशत छुट, वृद्ध पत्रकारलार्इ मासिक भत्ता

काठमाडौं : सञ्चारकर्मीहरुले एडिएसएल इन्टरनेटमा ६० प्रतिशत छुट पाउने भएका छन्। 

सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४/७५ का कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजना तथा आगामी कार्यदिशा सार्वजनिक गरेको छ।

‘देश विकासमा सञ्चारकर्मीहरुको योगदान र आवश्यकतालाई ध्यानमा राखी सञ्चारकर्मीहरुले प्रयोग गर्ने एडिएसएलको महसुलमा ६० प्रतिशत छुट दिने व्यवस्था मिलाइनेछ’, कार्ययोजनाको २७ नम्बरको बुँदामा उल्लेख छ। 

त्यसैगरी 'पत्रकार वृत्ति कोष' स्थापना गरी जेष्ठ पत्रकारलार्इ सम्मान स्वरुप मासिक वृत्ति प्रदान गर्ने पनि कार्ययोजनामा उल्लेख छ।   
यसका लागि आगामी मंसिरसम्म कार्यविधि तयार पारिने उल्लेख छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell