PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

फोटोमा हेर्नुस् डच कोचले यसरी सिकाउँदैछन् नेपाली खेलाडीलाई भलिबल कला

फोटोमा हेर्नुस् डच कोचले यसरी सिकाउँदैछन् नेपाली खेलाडीलाई भलिबल कला

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : एक साता यता नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षक म्याट भान विजलले नियमित प्रशिक्षण गराइरहेको छन्। भलिबलका लेभल ५ प्रशिक्षक म्याट विजलले नेपाली राष्ट्रिय टिममा रहेका बाहेक बी टिमलाई पनि भलिबल खेल कला सिकाइरहेका छन्।

लगनखेलस्थित नेपाली सेनाको शारिरिक तालिम तथा खेलकद केन्द्रमा भइरहेको प्रशिक्षणमा नेपालका ४० भन्दा बढी खेलाडी समावेश छन् भने प्रशिक्षण नेपालकै प्रशिक्षक जगदीश भट्ट लगायत अन्य प्रशिक्षकले सघाइरहेका छन्।

नेपाली भलिबलको विकासका लागि फिभले डच प्रशिक्षक विजललाई नेपाल पठाएको हो। उनले यसपटक नेपालको पुरुष टिमलाई एक महिना प्रशिक्षण दिनेछन्। नेपालले आगामी भदौ १३ र १५ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ र त्यसैका लागि पनि यो प्रशिक्षण हुँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell