PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बंगलादेशलाई हराउनकै लागि खेल्छौँ : इम राना मगर कप्तान नेपाल भलिबल टिम



गोविन्दराज नेपाल

बंगलादेशलाई हराउनकै लागि खेल्छौँ : इम राना मगर कप्तान नेपाल भलिबल टिम

काठमाडौं : नेपाली राष्ट्रिय भलिबल टोलीले मगलबार र बुधबार बंगलादेशको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालका कप्तान इम राना मगरले बंगलादेश विरुद्ध जित्नकै लागि खेल्ने बताउँछन्।

'यसअघि सेन्ट्रल जोनमा हामी बंगलादेशसँग हारेका थियौँ। त्यसैलाई मध्यनगर गर्दै यो पटक जितका लागि खेल्नेछौँ।' सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा उनले भने, 'प्रतियोगिता वा मैत्रीपूर्ण खेल जे भएपनि जित्नैपर्छ भन्ने हाम्रो टार्गेट हो। खेल्न गएपछि जसले पनि जित्न चाहन्छ।'

नेपालले यसअघि दुई पटक बंगलादेशलाई पराजित गरेको बताउँदै इमले भने, 'उनीहरुलाई पनि हामीले दुई पटक जितिसकेको थाहा छ। हामीलाई होम कोर्टको फाइदा छ। त्यसैले पनि खेल जित्नैपर्छ भन्ने लागेको छ।'

उनले नेपाल भन्दा बंगलादेशको स्तर धेरै माथि नभएको बताए। 'हाम्रो दुवै टिमको लेभल उस्तै हो। भोली पूरा आत्मविश्वासका साथ हामी खेल्नेछौँ।'

जसले जितेपनि भलिबलको विकासका लागि यस्तो प्रकारको खेलले महत्व राख्ने र मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी लागेको इमले प्रतिक्रिया दिए।

इमको नेतृत्वमा नेपालले बंगलादेशसँग खेलेका ३ मध्ये २ खेल जितेको थियो भने एक खेल हारेको थियो।

यस्तै बंगलादेशका कप्तान अल जबिरले नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी लागेको बताए। उनले बंगलादेशमा अहिले भाइरल फेभरका कारण केही खेलाडीमा असर परेको तर टेक्निकल रुपमा आफुहरु पूर्ण तयार रहेको बताए।

'हाम्रो टिममा शारीरिक रुपमा केही समस्या रहेपनि टेक्निकल रुपमा फिट छौँ। यो मैत्रीपूर्ण खेल भएका कारण हामी धेरै चिन्तित पनि छैनौँ।' जबिरले भने। 'हामी नेपालसँग सकेसम्म राम्रो खेल्ने प्रयास गर्नेछौँ र जित्ने प्रयसा गर्नेछौँ।' उनले खेल जिते राम्रो हुने रहारेपनि केही फरक नपर्ने बताए।

यस्तै बंगलादेशी कप्तानले नेपाललाई पछिल्लो भेटमा सोझो सेटमा हराएपनि अहिले नेपालले पनि राम्रो भलिबल खेलिरहेको र नेपालका केही खेलाडीहरु राम्रो रहेको बताए।

उनले आधुनिक शैलीको भलिबलमा प्रतिस्पर्धा बढी हुने र खेल्न गाह्रो हुने बताए।

नेपाल र बंगलादेशबीच दुवै खेल लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell