PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

मैत्रीपूर्ण भलिबलका लागि नेपाल र बंगलादेश तयार



गोविन्दराज नेपाल

मैत्रीपूर्ण भलिबलका लागि नेपाल र बंगलादेश तयार

काठमाडौं : नेपालको राष्ट्रिय खेल घोषित भएको अवसरमा नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेशको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

मंगलबार र बिहिबार लगलखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने दुई मैत्रीपूर्ण खेलका लागि तयार रहेको नेपाल र बंगलादेशका प्रशिक्षकले बताएका छन्।

नेपालका प्रशिक्षक जगदिश भट्टले नेदरल्याण्ड्सका प्रशिक्षकले सिकाएको कुरालाई लागु गर्दै राम्रो खेल्ने बताउँछन्। 'डच प्रशिक्षकको करिब एक महिने बसाईमा हामिले हाम्रो कमजोरी के के रैछ पत्ता लगाउदै त्यसमा सुधार गर्ने प्रयास गरेका छौँ। हामी त्यही अवसरमा सिकेका कुराहरु लागु गर्दै बंगलादेश विरुद्ध खेल्नेछौँ।' प्रशिक्षक भट्टले सोमबारको प्रिम्याच कन्प्रेन्समा भने। 'हाम्रो मुख्य कमझोरी रिसिभ र डिफेन्समा थियो। डच कोचले प्रशिक्षणमा हामीलाई तिनै गल्ती सुधार्न सहयोग गर्दै फास्ट गेम खेल्न सिकाएका थिए।'

उनले एक महिनाकै अवधीमा सबै कुरा सुधार गर्न ससकिएपनि रिसिभ र डिफेन्ससँगै ब्ल्कमा पनि केही सुधार भएको बताए।

बंगलादेश र नेपाली टिमको स्तर उस्तै रहेको बताउँदै सकरात्मक भएर खेल्ने उनको भनाई थियो। 'दुवै टिम समान स्तरका छन्। हार्ने जित्ने भन्ने छैन। जसले पनि जित्न सक्छ।'

'यसअघि सेन्ट्रल जोनमा हामी २०/२१ मा पुगेर ३-० ले हारेका थियौँ। तर त्यसअघि हामीले बंगलादेशलाई हराइसकेका छौँ।'

इरानको कोच आएपछि बंगलादेश लेभलमा सुधार भएको भट्टले बताए।

यस्तै बंगलादेशका इरानी प्रशिक्षक अली पाउर अरोजीले नेपालमा आएर खेल्न पाउँदा खुशी व्यक्त गरे। उनले ८ महिनाअघि नेपाललाई ३-० ले हारएपद्दि अहिले अवस्था फरक रहेको प्रतिक्रिया दिए। 'अहिले नेपालको टिम राम्रो छ। उनीहरुले मैत्रीपूर्ण खेल खेलेका छन्। विदेशी प्रशिक्षक ल्याएर ट्रेनिङ गरेको छ।'

उनले नेपालसँग खेल्नुअघि २ हप्ता तयारी गरेर आएको र भोलीको खेलको प्रतिक्षामा रहेको बताए।

उनले दुबै टिमको स्तर एकदमै समान रहेको बताए। 'दुवै टिम उस्तै छन्। टेक्निकल र पिजिकल रुपमा मात्र केही फरक होला। भोलीको खेल प्रतिस्पर्धात्मक हुनेछ।'

उनले यो मैत्रीपूर्ण खेल भएको कारण रिजल्टले नै धेरै महत्व नराख्ने बताए। 'यो खेल रजल्ट भन्दा पनि नयाँ खेलाडी र युवा खेलाडीहरुको लागि आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ।'

नेपाल र इरानको भलिबलमा के फरक छ भन्ने प्रशनमा अरोजीले धेरै अनतर रहेको बताए। भलिबलमा नेपालले अझै धेरै सिक्न बाँकी छ।

'दश वर्ष अघि हामी जहिल्यै कोरिया, जापान, चीनसँग हार्थ्यौँ। हामी सँधै कन हार्छौँ भनेर हामी सोच्थ्यौँ।' उनले पूराना दिन सम्झे। 'हामीसँग त्यतिबेला कुनै सिस्ट थिएन। यो विस्तारै सुधार हुँदैगयो। अहले हाम्रो अन्तर्राष्ट्रिय टिमसँग सम्बन्ध राम्रो छ। हामीले प्रगती गरिरहेका छौँ।'

नेपालको पनि विस्तारै सुधार हुँदै जान्छ। उनलले भन्न र बोल्नलाई धेरै सजिलो हुने र गर्न र त्यसलाई व्यवहारमा उतार्न गाह्रो हुने बताए।

'एकदमै धेरै कुरा गर्न बाँकी छ।' अरोजीले भने।

यता नेपालका कप्तान इम राना मगरले भने बंगलादेश विरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्। बंगलादेशका कप्तान अल जबिरले नेपालसँग सकेसम्म राम्रो खेल्ने बताउँदै जित्ने प्रयास गर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell