PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

कान्छी ओलम्पियन गौरीकाको लक्ष्य : सागमा स्वर्ण, ओलम्पिकमा क्वालिफाइङ टाइम



गोविन्दराज नेपाल

कान्छी ओलम्पियन गौरीकाको लक्ष्य : सागमा स्वर्ण, ओलम्पिकमा क्वालिफाइङ टाइम

काठमाडौं : नेपालबाट अहिलेसम्म २ खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्। दुवै खेलाडी तेक्वान्दोका हुन्, संगीना वैद्य र दिपक विष्ट। संगीनाले सन् २००४ को एथेल्नस ओलम्पिकमा नेपालबाट छनोट भएर खेल्ने पहिलो खेलाडी बनेकी थिइन्। त्यसको चार वर्षपछि दिपक पनि छनोट भएर बेइजिङ ओलम्पिक खेले।

अर्का एक खेलाडी गाैरिका सिंहले पनि क्वालिफाइङ टाइम निकाल्दै ओलम्पिक खेल्ने योजना बनाएकि छिन्। गौरीका यसअघि नै ओलम्पियन नेपाली खेलाडी बनिसकेकी छिन्। गत वर्ष ब्राजिलयमा भएको रियो ओलम्पिकमा सहभागी ११ हजार खेलाडीमध्ये गौरीका सबैभन्दा कान्छी ओलम्पियन बनेर चर्चामा रहेकी थिइन्।

अबको उनको लक्ष्य छ क्वालिफाइङ टाइम निकालेर जापानमा हुने 'टोकियो ओलम्पिक-२०२०' मा छनोट हुने। त्यसअघि उनी नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने गरी तयारीमा लाग्ने बताउँछिन्।

'अबको सागमा स्वर्ण जित्ने मेरो लक्ष्य हो।' लण्डनमा बस्ने, उतै पढ्ने गौरीकाले बिदामा नेपाल आएका बेला भनिन्। 'अब उता फर्केपछि सागलाई फोकस गरेर ट्रेनिङ गर्छु। नेपालमा नभए श्रीलंकामा साग हुने कुरा छ। कोचसँग सल्लाह गरेर तयारी गर्नेछु।'

यस्तै अर्को वर्ष हुने एसियन गेमको लागि पनि तयार गर्ने गौरीकाले बताइन्। 'तर त्यसको लागि टाइम पनि धेरै छैन। कसरी छनोट हुँदैछ भन्ने बारे पनि थाहा छैन।'

'जापानमा हुने ओलम्पिकमा नेपालबाट क्वालिफाइङ टाइम निकालेर खेल्ने लक्ष्य छ।' गौरीकाले आफ्नो लक्ष्य सुनाइन्। 'त्यसका लागि लण्डनमा कोचसँग सल्लाह गरेर अभ्यास गर्नेछु।'

भारतमा भएको १२औँ सागमा गौरीकाले एक रजतसहित कूल ४ पदक जितेकी थिइन्। जसमा ३ कास्य थियो। गौरीका सागमा नेपालबाट पौडीकाे व्यक्तिगत पदक जित्ने पहिलो खेलाडी समेत हुन्।

उनले यसअघि सागमा पदक जितेका स्पर्धामा अब स्वर्ण जित्ने गरी तयारी गर्ने बताएकी छिन्। उनी भन्छिन, 'अब स्वर्ण जित्न सक्छु भन्ने लागेको छ। पहिलेको भन्दा टाइमिङमा अहिले धेरै सुधार भइरहेको छ।' २ सय र ४ सय मिटर इन्डिभ्युजल मिड्ले, २ सय, ४ सय र ८ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर बटरफ्लाई गरी ६ विधामा स्वर्ण जित्ने योजना रहेको छ।

एक साता अघि ललितपुरमा भएको २०औँ राष्ट्रिय पौडी प्रतियोगितामा गौरीकाले भाग लिएको पाँच वटै व्यक्तिगत स्पर्धामा कीर्तिमानसहित स्वर्ण पदक जितिन्। यस्तै मिक्ड्स रिलेमा पनि उनको टिमले कीर्तिमानसहित स्वर्ण जित्यो।

उनले कीर्तिमान बनाउनकै लागि भनेर नखेलेको तर कीर्तिमान बनेको अनुभव सुनाइन्। केही 'स्पर्धामा यहाँ लण्डनको भन्दा पनि राम्रो टाइमिङ निस्केकाे छ।' उनले प्रशिक्षक नपाएको कारण कुन विधामा स्पर्धा गर्ने भन्ने बारे नै राम्रोसँग थाहा नपाएको बताइन्।

गौरीका नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा पिपुल्स च्वाइस अवार्डमा मनोयनमासमेत परेकी छिन्। उनीसँगै ओलम्पियन फुपूल्हामु खत्री, क्रिकेटर दीपेन्दुर सिंह ऐरी, फुटबलर सुजल श्रेष्ठ र एथ्लेटिक्सकी कान्छी माया कोजु छन्।

गत संस्करणमा पनि गौरीका वर्षको उत्कृष्ट खेलाडी युवा विधातर्फ मनोयनमा परेकी थिइन्। गत वर्ष अनुपस्थित गौरीकालाई मनोनयनमा परेको अवार्ड एनएसजेएफले आइतबार प्रदान गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell