काठमाडौं : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा डा. बाबुराम भट्टराई अनुपस्थित रहे।
धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका नयाँ शक्ति पार्टीका राजनीतिक सामाजिक अभियान परिचालन समितिका संयोजक प्रेम तामाङले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू नहुँदासम्म सांसद किनबेच जस्तो निकृष्ट अभ्यास जारी रहने भएकोले संविधान संशोधन गरी सो व्यवस्था लागू गर्न माग गरे।
नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै यस अघि १० लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाइसकेको छ।
देशमा राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको भन्दै त्यसका लागि नयाँ शक्तिले अन्तरक्रिया, धर्ना, जुलुस जस्ता कार्यक्रमहरु जारी राखेको छ ।