PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

मैत्रीपूर्ण भलिबलमा नेपालद्वारा बंगलादेश पराजित

मैत्रीपूर्ण भलिबलमा नेपालद्वारा बंगलादेश पराजित

गोविन्दराज नेपाल/पहिलोपोस्ट


ललितपुरः नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको छ। पहिलो सेटमा पराजित भएको नेपालले खेलमा पुनरागमन जनाउँदै जित हासिल गरेको हो।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट ट्राइबेकरमा २५-२७ ले गुमाएको थियो। तर त्यसपछि  दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१६ ले सहजै जित्रदै नेपालले खेलमा २-१ को अग्रता बनायो।

त्यसपछि नेपालले प्रतिस्पर्धात्मक बनेको चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै खेल ३-१ ले जितेको हो।
 

नेपालको जितमा स्पाइकर कुल बहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए। यस्तै हरि अधिकारीले १३, मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक जोडे। बंगलादेशका लागि होरोसितले सर्वाधिक १८ अंक जोडेका थिए।


जितपछि नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले आजको खेलमा रिसिभ र ब्ल्क राम्रो भएकाले खेल जितेको। उनले सोझो सेटमा जित्ने योजना भएपनि टिम कम्बिनेशन नमिलेकाले पहिलो सेट हार्नुपरेको प्रतिक्रिया दिए।

आजको खेल जितेपछि भोलिका लागि आत्मविश्वास बढेको उनले बताए।

नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल भोलि लगनखेलमै हुुनेछ । 

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको अवसरमा भएको मैत्रीपूर्ण खेलको उद्छाटन नेपाल सरकारका रक्षा मन्त्री भिमसेन दास प्रधानले रेफ्रिलाई बल हस्तानतरण गर्दै उद्घाटन गरेका थिए।

एनभिएले भनेको भन्दा करिब दुई घण्टा पछि शुरु भएको नेपाल र बंगलादेश बीचको भलिबल खेल हेर्न करिब दुई हजार दर्शक उपस्थित थिए। 
 


ट्रेन्डिङ पोस्ट

Ncell