PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

रिसिभ र ब्लकमा सुधार हुँदा बंगलादेशलाई हरायौँ : प्रशिक्षक जगदीश भट्ट



गोविन्दराज नेपाल

रिसिभ र ब्लकमा सुधार हुँदा बंगलादेशलाई हरायौँ : प्रशिक्षक जगदीश भट्ट

काठमाडौं : नेपालको राष्ट्रिय खेल घोषित भएको अवसरमा भएको मैत्रीपूर्ण खेलमा मंगलबार नेपाली राष्ट्रिय भलिबल टिमले बंगलादेशको भलिबल टिमलाई ३-१ को सेटमा हरायो। नेपालले नेपालको जितबाट सन्तुष्ट देखिएका मुख्य प्रशिक्षक जगदीश भट्टले रिसिभ र ब्लकमा सुधार हुँदा बंगलादशेलाई हराउन सफल भएको प्रतिक्रिया दिए।

यता बंगलादेशका प्रशिक्षक अली पाउर अरोजीले भने ब्लक र रिसिभमै समस्या हुँदा खेल हार्नुपरेको प्रतिक्रिया दिए।

नेपालको जितमा स्पाइकर कुल बहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए। यस्तै हरि अधिकारीले १३, मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक जोडे। बंगलादेशका लागि होरोसितले सर्वाधिक १८ अंक जोडेका थिए।

'आज हामीले रिसिभ र ब्लकमा सुधार गर्‍यौ। दुवै पक्ष धेरै राम्रो भयो। स्पाइक एभरेज नै रह्यो।' भट्टले खेलपछि भने, 'ब्लक गर्दा बलमा अरझै पुग्न सकेको छैन। तर पहिले भन्दा बेटर छ।'

उनले बंगलादेशलाई सोझौ सेटमा हराउन खोजेको भएपनि पहिलो सेटमा तालमेल नमिलेको बताए। 'हामीले स्ट्रेट सेटमा जिज्त खोजेका थियौँ। तर घरेलु कोर्ट, हेम क्राउडको चापमा खेल्दा पहिलो सेटमा सम्हालिन नसक्दा हार्नुपर्यो।' उनको पहिलो सेटको कमजोरी खुलाए। 'पहिलो सेटमा हामीले रिसिभ र डिफेन्समा सामान्य ४-४ गरी कूल ८ गल्ती गर्‍यौँ। त्यसपछिका सेटमा सुधार गर्दै जित हासिल गर्‍यौँ।' 'सर्भिस होल गेममै राम्रो भएको छैन।

प्रशिक्षक भट्टले बंगलादेश सेन्ट्रल जोनको च्याम्पियन भइसकेको र हाइ फरफरमेन्स गरिरहेको टिम भएकोले नेपालले भन्दा फरक स्टाइलमा खेलेको बताए। 'बंगलादेश हामी भन्दा माथि छ।उनीहरुले र हामीले खेल्ने स्टाइल फरक छ।'

यस्तै स्पाइकमा राम्रो देखिएका मान बहादुर श्रेष्ठको पनि तारिफ गरे। 'मानको खेल आउटस्ट्याण्डिङ छ। उसको स्पाइक पनि राम्रो छ।'

उनले सबै खेलाडी उस्तै भएका कारण मैत्रीपूर्ण खेलमा सबैलाई अवसर दिएको बताए। 'सबै खेलाडी उस्ते छन् त्यसैले खेलाएको हो। अब कसलाई बढी विश्वास गर्ने भन्ने हुन्छ।'

'हामीसँग खेलाडी धेरै थियो त्यसैले सबैखाले स्पाइक प्रयोग गर्‍यौँ। विपक्षीलाई झुक्याउन र उनीहरुको रिदम ब्रेक गर्न हामीले त्यसो गरेका हौँ।'

'हामीले लास्ट सेटमा सेटर इमलाई मसेत स्पाइकमा प्रयोग गरेका थियौँ।' भट्टले खेलको रणनिती यसरी खोले।

हारपछि नर्भस देखिएका बंगलादेशका इरानी प्रशिक्षक अरोजीले यो नै रियल भलिबल भएको र भलिबल खेलको अवस्था अनुसार यस्तै रिजल्ट आउने बताए।

'नेपाल र बंगलादेशको खेल रसिया र ब्राजिल जस्तै भयो। कहिले कसले जित्ने कहिले कसले जित्ने।'

'पहिलो सेट हामीले जित्यौ। तर नेपालले कमब्याक गर्‍यो। कसले खेल जित्छ त्यो नै महत्वपूर्ण हो।' उनले हारको कारण यसरी खोले, 'हाम्रो ब्लकमा कमजोरी रह्यो। केही हदसम्म रिसिभ पनि राम्रो हुन सकेन।'

उनले नेपाल विरुद्ध कप्तान बाहेक सबै खेलाडीलाई खेलाउँदै टेष्ट गरेको बताए। 'हाम्रो कप्तान फिट नभएका कारण खेलेनन्। मैले सबै खेलाडीलाई खेलाएँ। उनीहरुकव प्रदर्शन जाँच गर्ने उपयुक्त मौका हो यो।'

उनले यो मैत्रीपूर्ण खेल भएका कारण खेल जित्न भन्दा पनि नयाँ खेलाडीलाई मौका दिने अवसर रहेको बताए।

'फ्रेण्ड्ली म्याच भएकोले मैले नयाँ खेलाडी प्रयोग गरेँ। नयाँ सेटरमा आएका २० वर्षिय खेलाडीले राम्रो खेले। यो भविष्यका लागि मेरो स्ट्राटेजी हो। नेपालले पनि केही नयाँ खेलाडी खेलायो। उनीहरुले पनि भविष्यकै लागि यसले मद्दत पुग्छ।'

उनले नेपालले पनि सुधारात्मक खेल खेलेको भन्दै भविष्यमा माथिल्लो लेभलमा खेल्ने विश्वास व्यक्त गरे।

नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल भोली लगनखेलमै हुनेछ।

जितपछि भोलीका लागि आत्मविश्वास बढेको र जितकै लागि खेल्ने नेपालका प्रशिक्षक भट्टले बताए।

बंगलादशी प्रशिक्षक भने नेपालको कमजोर पक्ष पत्ता लगाउँदै नेपाल विरुद्ध खेल्ने बताए। उनले चौथो सेटमा नेपाल विरुद्ध जित्ने सम्भावना भएको तर नयाँ खेलाडीहरु खेलाउदा पराजित हुनुपरेको प्रतिक्रिया दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell