PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई ३-२ ले हरायो

दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई ३-२ ले हरायो

गोविन्दराज नेपाल/पहिलोपोस्ट


ललितपुरः दुईपटक पछि परेपनि नेपालले कमब्याक गर्दै दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा बंगलादेशलाई पराजित गरेको छ। नेपाल भलिबल संघले आयोजना गरेको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पाँच सेटसम्म चलेको खेल जितेको हो।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको  खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्‍यो। २-१ ले पछाडी परेको अवस्थामा नेपालले चौथो सेट २५-२२ र पाँचौ सेट १५-८ ले जित्दै खेल जितेको हो।

नेपालले बंगलादेशलाई १९-२५, २५-२२, २०-२५, २५-२२ र १५-८ ले हराएको हो। दोस्रो खेल पनि जित्दै नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिज दुई शून्यले जितेको छ। नेपाल सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।


जितपछि नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले आजको खेल सोचेजस्तो सहज नभएको तर खेलाडीले कमब्याक गर्दा जित हात पार्न सफल भएको प्रतिक्रिया दिए। 'अघिल्लो खेलमा राम्रो देखिएको रिसिभ हाज चल्न सकेन। सर्भिस पनि धेरै मिस्टेक गर्‍यौँ। तर खेलाडीले कमब्याक गर्दै जित दिलाए।'

आजको खेलमा बंगलादेशका मुख्य प्रशिक्षक अली पाउर अरोजी अनुपस्थित थिए। हिजोको खेलमा नखेलेका कप्तान अली जवीरले खेलेको थिए। उनले पहिलो सेट मात्र खेलेका थिए।

खेलपछि उनले प्रतिक्रिया भने दिन मानेनन्।

मंगलबार भएको खेलमा पनि नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो।
 

भलिबल खेलाडी सम्मानित

माल्दिभ्सको मालेमा गत चैत्र ९ देखि १७ गतेसम्म संचालन भएको एभिसी एसियन सेन्टर जोन तेश्रो सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा तेस्रो हुँदै नेपाललाई कास्य पदक दिलाउने नेपाली पुरुष भलिबल खेलाडी बुधबार सम्मानित भएका छन्।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सचिव महेश दाहाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले खेलाडीलाई नगदसहित पुरस्कृत गरे। खेलाडी, प्रशिक्षक र ब्यावस्थापक गरि १५ जनाले एक–एक लाखले नगद प्राप्त गरे।


 


ट्रेन्डिङ पोस्ट

Ncell