PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

प्रतिभाले नेदरल्याण्ड्समा भलिबल सिक्ने, प्रशिक्षक कुमार राई भन्छन् : ऐतिहासिक अवसर



गोविन्दराज नेपाल

प्रतिभाले नेदरल्याण्ड्समा भलिबल सिक्ने, प्रशिक्षक कुमार राई भन्छन् : ऐतिहासिक अवसर

काठमाडौं : महिला भलिबलकी नम्बर एक स्पाइकर प्रतिभा माली नेदरल्याण्ड्समा भलिबल  अभ्यास खेल खेल्न जाने भएकी छिन्।

नेदरल्याण्ड्स भलिबलको सहयोगमा प्रतिमाले यो अवसर प्राप्त गरेकी हुन्। नेदरल्याण्ड्स भलिबल संघका डेभलपमेन्ट डिरेक्टर पिटर भान तरेलले प्रतिमाको नाममा पत्र पठाउँदै उनलाई निमन्त्रणा गरेका हुन्।

पत्रअनुसार प्रतिभाले नेदरल्याण्ड्समा ३ साता इन्टर्नसिप गर्नेछिन्। उनी यही सेप्टेम्वर २२ देखि अक्टोबर १४ सम्म भलिबलका विभिन्न कार्यक्रममा भाग लिनेछिन्।

पत्रमा उल्लेख भएअनुसार प्रतिभाले नेदरल्याण्ड्सका व्यावसायी भलिबल क्बलले प्रदान गर्ने विभिन्न अभ्यास खेलमा प्रतिमाले सहभागिता जनाउँने छिन्।

उनलाई प्रशिक्षकमा म्यान भान विजलले सघाउँने छन्। नेपालको भलिबल विकासमा मद्दत गर्न तरेल र विजल एक महिना अगाडि नेपालसमेत आएका थिए। त्यस समयमा विजलले नेपालको पुरुष टोलीलाई ३ साता प्रशिक्षण दिएका थिए।

नेपाल आएको बेलामा नै विजलले प्रतिभाको प्रसंशा गर्दै राम्रो खेल्ने खेलाडी भएको बताएका थिए।

प्रतिभाको सबै खर्च नेदरल्याण्ड्स भलिबल संघले बेहोर्ने पत्रमा उल्लेख गरिएको छ। नेपाल आएको बेला नै उनीहरु प्रतिभाको भलिबल खेल्ने कलाबाट प्रभावित भएका थिए।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले नेपाली खेलाडीको प्रतिभा चिनेर युरोपमा प्रशिक्षण गर्न अवसर पाउनु नेपाली भलिबलको ठूलो अवसर भएको बताए। उनले यो राम्रो सुरुवात भएको भएको र अरुलाई पनि भलिबलमा लाग्न प्रेरित गर्छ भन्दै आगामी दिनमा दुई खेलाडी लैजाने अवसर मिलोस् भन्ने चाहना छ,' चन्दले पहिलोपोस्टसँग भने।

प्रतिभालाई सानैदेखि भलिबल सिकाएका प्रशिक्षक कुमार राई यो खबरबाट निकै उत्साहित भएका छन्। उनले नेपाली भलिबलको लागि यो ऐतिहासिक अवसर भएको बताए।

'प्रतिभाको लागि यो एकदमै सुनौलो अवसर हो। साथै हामी नेपालीको लागि पनि सुदख समाचार हो।' राईले पहिलोपोस्टसँग भने। 'नेपाली खेलाडीले पनि युरोपमा गएर भलिबल सिक्न पाउनु आफैमा ठूलो उपलब्धी हुनेछ।'

भान तरेल र विजल नेपाल आएका बेला उपत्यकाका विभिन्न पाँच स्कुलका विद्यार्थीलाई भलिबल कला सिकाउन पुगेका थिए। त्यसमा पहिलो थियो प्रतिभा अध्ययन गर्ने न्यू डायमण्ड एकेडेमी पहिलो दिनमै प्रतिभाले उनीहरुलाई प्रभावित पारेका कुमारा राई सुनाउँछन्। 'जम्मा एक घण्टा ट्रेनिङ भएको थियो। त्यसमा प्रतिभालाई उनीहरुले केही टास्क दिएका थिए। शुरुमा उनले सकिनन् तर, पाँच मिनेट पछि नै भनेअनुसार गरेर देखाएपछि उनीहरु चकित परेका हुन्।'

'त्यतिखेर उनीहरुले प्रतिभालाई हामी बाहिर लान चाहन्छौँ भनेका थिए। उनीहरुले प्रतिभाको प्यारेन्ट्स र नेदरल्याण्ड्स भलिबल संघसँग कुरा गरे यो निर्णय गर्छु भनेका थिए।'

प्रतिभाको एक्स्ट्रा ट्यालेन्ट देखेर त्यतिखेरै लैजान्छु भन्ने कुरा गरेको कुमार राईले सुनाए।

'अब नेदरल्याण्ड्समा गएर प्रतिभाले व्यावसायिक क्लबमा ट्रेनिङ गर्नेछिन्। त्यहाँ गएर उनको सक्दो राम्रो प्रदर्शन गर्नुपर्छ। त्यसो भए युरोपमा नेपाली भलिबलको बारेमा चर्चा हुन्छ। त्यसले नेपाली भलिबललाई नै फाइदा पुग्ने राईको विश्वास छ।'

प्रतिभाको यस अवसर अरु खेलाडीका लागि पनि सुखद हुने राईले बताए। घरेलु भलिबलमा न्यू डायमण्ड एकेडेमीबाट भलिबल खेल्ने प्रतिभा नेपाली भलिबलकै उत्कृष्ट प्रतिभा हुन्। सात वर्षको उमेरदेखि नै उनले डायमण्डबाट भलिबल खेल्न शुरु गरेकी थिइन्।

माल्दिभ्समासमेत भलिबल प्रतियोगिता खेलेकी उनीसँग विदेशी अनुभव पनि छ। यस्तै नेपाली महिला टोलीले भारतमा १२औँ साग खेलमा कास्य पदक जित्दा प्रतिमा पनि खेलेकी थिइन्।

साहस स्पोर्ट्सको ब्राण्ड एम्बासडरसमेत रहेकी प्रतिमा नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडी युवामा मनोनयनमा परेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell