PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

स्पोर्ट्स अवार्डमा उत्कृष्टहरुले के-के भने?



गोविन्दराज नेपाल

स्पोर्ट्स अवार्डमा उत्कृष्टहरुले के-के भने?

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १४औँ संस्करणमा विभिन्न ८ विधाका उत्कृष्ट खेलाडी/प्रशिक्षक सम्मानित भएका छन्

२०७३ साल भरी गरेको प्रदर्शनका आधारमा उत्कृष्ट हुन सफल वर्ष खेलाडी पुरुष महिला युवा प्रशिक्षक पारा एथ्लेट अवार्ड स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डबाट ८ खेलकर्मीलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो।

काठमाडौंको प्रज्ञा भवनमा भएको अवार्ड समारोह नेपाली राष्ट्रिय भलिबल टिमलाई टिम अफ दी इयरको अवार्ड प्रदान गर्दै शुरु भएको थियो। पुरुष वर्ष खेलाडीको अवार्ड जितेका राष्ट्रि फुटबल टिमका गोलरक्षक किरण कुमार लिम्बु भने व्यावसयीक पुटबल खेल्ने क्रममा माल्दिभ्समा रहेका कारण उपस्थित थिएनन्। उनको अवार्ड उनकी आमाले ग्रहण गरिन्।

किरण बाहेक अवार्ड जितेका अन्य विजेता अवार्ड जितेपछि विजेताहरुले दिएको प्रतिक्रिया

 

जगदीश भट्ट (प्रशिक्षक नेपाली राष्ट्रिय भलिबल टिम) : टिम अफ दि इयर

४१ वर्षको इतिहासमा पहिलो पटक नेपाली पुरुष टिमले भलिबलमा अन्तर्राष्ट्रिय पदक जितेको छ। राष्ट्रिय खेल घोषणा भएको छ। यस अवार्ड पाएपछि झन् हौसला बढेको छ र थप जिम्मेवारी बढेको महसुस भएको छ। त्यो जिम्मेवारी पूरा गर्न लाग्नेछौँ।

मनिता श्रेष्ठ प्रधान : प्लेअर अफ दि इयर युथ

अवार्ड जित्दा एकदमै खुशी लागेको छ। यसले अझै राम्रो गर्न हौसला प्रदान गरेको छ अझै अनुसासशित र लगनशिल भएर अगाडी बड्नेछु। पाम र कोचलाई भन्यवाद।

पुष्पराज ओझा : कोच अफ दि इयर

राम्रो काम गर्दै जाँदा अवार्ड पाइदो रैछ। अवार्डबाट सम्मानित हुन पाउँदा नकै खुशी छु।

पदम बडेला : पारा एथलेट अफ दि इयर

यो मेरो मात्र अवार्ड नभएर सबै नेत्रहिन क्रिकेटर र टिमको अवार्ड हो।

डा. नारायण काजी श्रेष्ठ सञ्चालक (बन्दी सहायता नियोग/पाम) : स्पेशल अवार्ड

यो अवार्डले थप जाँगर प्रदान गरेको छ। ७० वर्षको भए तर अझै केही गर्छु भन्ने लागेको छ। अहिले पाममा ३० जना छन् हामी बढाएर ४० जना पुर्याउनेछौँ। यस्तै हाम्रो आफ्नो बाहेक अन्य खेलाडीलाई पनि प्रशिक्षण दिइरहेका छौँ।

कान्छीमाया कोजु : पिपल्स च्वाइस अवार्ड

मलाई भोट गरेर अवार्ड जिताउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद।

घनश्याम थापा : लाइफटाइम अचिभमेन्ट अवार्ड

धन्यवाद मलाई यो स्थानसम्म ल्याइपुर्‍याउन सबैको योगदान छ। मेरी श्रीमती सुशिला थापालाई विशेष धन्यवाद। खेल सामाग्री र आर्थिक अवस्थामा माथी पुर्‍याउने सपोर्ट सहयोग गर्ने स्वर्गिय अधिराजकुमार बशुन्धरालाई धन्यवाद। मैले भारत टुर, एसिया टुर खेले।  दुई पटक गल्फको विश्वकप समेत खेले अहिले सम्मानित भएकोमा निकै खुशी छु।

नङसल तामाङ : प्लेअर अफ दि इयर फिमेल

२०६८ मा पहिलो पटक अवार्डको मनोनयनमा परेको थिएँ। त्यतिखेर जित्न सकिन। अहले ६ वर्षपछि पहिलो पटक अवार्ड जित्दा एकदमृ खुशी छु। मलाई सहयोग गर्ने सबैलाई धन्यवाद।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell