PahiloPost

Jun 15, 2026 | १ असार २०८३

स्पोर्ट्स अवार्डमा अर्को वर्ष राखेपको ठूलो हिस्सा हुन्छ : सदस्यसचिव विष्ट



गोविन्दराज नेपाल

स्पोर्ट्स अवार्डमा अर्को वर्ष राखेपको ठूलो हिस्सा हुन्छ : सदस्यसचिव विष्ट

काठमाडौं : राष्ट्रिय खेलकुद परिष्द राखेपका सदस्य सचिव केशव कुमार विष्टले पल्सर स्पोर्ट्स अवार्ड सिंगो खेल जगत र खेलाडीको ड्रिम अवार्ड भएको बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार आयोजना गरेको १४औँ संस्करणको अवार्ड समारोहमा विजेता खेलाडी अवार्ड प्रदान गरेपछि विष्टले खेलाडीको लागि यो ऐतिहासिक अवार्ड भएको बताए।

'सबै खेलाडीको ड्रिममको रुपमा रहेको यो अवार्डको ऐतिहासिक महत्व छ। यसले खेलाडीलाई आत्मस्वाभिमान उचो बनाएको छ र खेलाडीको जीवनमा दुरगामी प्रभाव पारेको छ।'

उनले यो अवार्डलाई अब सिंगो देशकै बनाउनुपर्ने समेत बताए। 'राखेपले यस अवार्डलाई आत्मसम्मान गरेको छ। अर्को वर्ष स्पोर्ट्स अवार्डको रकमको ठुलो हिस्सा राखेपले लिनेछ।' विष्टले दृढताका साथ भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell