PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

अर्जेन्टिनाको विश्वकप यात्रा: कठिन तर आशा जीवितै



गोविन्दराज नेपाल

अर्जेन्टिनाको विश्वकप यात्रा: कठिन तर आशा जीवितै

विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी र दुई पटकको विश्व विजेता अर्जेन्टिना अर्को वर्ष रसियामा हुने विश्वकपमा देखिन्छ कि देखिँदैन भन्ने बहस अहिले चर्चाको विषय बनेको छ।

विश्व फुटबलको महासंग्राम मानिने विश्वकपमा विश्वकै चर्चित खेलाडीको अनुपस्थितीले कस्तो होला त्यो कसैले अनुमान लगाउन सकेका छैनन्। अर्जेन्टिना अहिले ठीक त्यसै अवस्थाबाट गुज्रिएको छ। अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सक्छ कि सक्दैन भन्ने विषय अगाडि आएको छ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना अहिले १० टोलीमध्ये छैटौँ स्थानमा छ र यो सिधै छनोट हुनेभन्दा दुई स्थान तल हो। दक्षिण अमेरिकाबाट चार टोली सिधै विश्वकपमा छनोट हुनेछन् भने पाँचौ हुने टोलीले ओसियाना क्षेत्रको टोली न्यूजिल्याण्डसँग दुई लेगको प्लेअफ खेल्नु पर्नेछ।

पछिल्लो खेलमा पेरुसँग बराबरी खेलेपछि अर्जेन्टिनाको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ। एक खेल मात्र बाँकी रहेको अवस्थामा १७ खेलबाट २५ अंक जोडेको मेसीको टोली छैटौँ स्थानमा छ। शीर्ष चारमा रहँदै विश्वकपको टिकट काट्न इक्वेडरसँगको बाँकी खेल जित्नुपर्नेछ नै अन्य खेलको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ।

यस्तै पाँचौ स्थानमा रहेर प्लेअफ खेल्नको लागि पनि इक्वेडरलाई जित्नैपर्नेछ अर्जेन्टिनाले।

अब दक्षिण अमेरिकी छनोटमा पाँच खेल मात्र बाँकी छन्। अर्जेन्टिना र इक्वेडर, कोलोम्विया र पेरु तथा पाराग्वे भेनेजुएला बीचको खेल निर्णायक हुनेछ। यस्तै ब्राजिलले चिली तथा उरुग्वेले बोलिभियासँग खेल्नेछ।

दक्षिण अमेरिकाबाट ब्राजिल (३८ अंक) यसअघि नै छनोट भइसकको छ। यता भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै दोस्रो स्थानमा रहेको उरुग्वे (२८ अंक) पनि छनोट भएको औपचारिक घोषणा हुन बाँकी छ। अन्य टिमले अंकमा भेट्टाए पनि गोलअन्तरमा उरुग्वे नै अगाडि हुनेछ।

यस्तै इक्वेडर, भेनेजुएला र बोलिभया ओपचारिक रुपमै छनोटबाट बाहिरिसकेका छन्। बाँकी ५ टोली सिधै छनोट हुने दुई स्थानका लागि प्रतिस्पर्धामा छन् भने ५ मध्ये २ टिम छनोटबाट बाहिरिनेछन्। यस्तै एक टोली प्लेअफको लागि छनोट हुनेछ।

 

अर्जेन्टिनाको सम्भावना कति?

अर्जेन्टिनाको लागि सबैखाले सम्भावना भने जीवितै छन्। शीर्ष स्थानको ब्राजिलले तेस्रो स्थानको चिलीलाई हराउने अनि चौथोँ स्थानको कोलोम्बियाले पाँचौ स्थानको पेरुलाई पराजित गर्ने र अर्जेन्टिनाले इक्वेडरलाई हराए अर्जेन्टिना शीर्ष चार स्थानमा आटाउँनेछ। यस्तो भएमा ब्राजिल, उरुग्वे, कोलोम्बिया र अर्जेन्टिना सिधै छनोट हुनेछन्। तर सोचेजस्तो नतिजा आउन पनि गाह्रो छ।

यदि अर्जेन्टिनाले अन्तिम खेल नै बराबरी खेल्ने र कोलोम्बियाले पेरुलाई हराए अर्जेन्टिना पाँचौ हुनेछ। यस्तोमा प्लेअफ खेल्नुपर्नेछ। इक्वेडरसँग पराजित भएको खण्डमा भने अर्जेन्टिना छनोटबाटै बाहिरिनेछ।

 

पछिल्ला पाँच खेलको नतिजा

बोलिभिया ०-० ब्राजिल

भेनेजुएला ०-० उरुग्वे

अर्जेन्टिना ०-० पेरु

चिली २-१ इक्वेडर

कोलोम्बिया १-२ पाराग्वे

 

बाँकी रहेको पाँच खेल

ब्राजिल -चिली

इक्वेडर -अर्जेन्टिना

पेरु -कवलोम्बिया

उरुग्वे -बोलिभिया

पाराग्वे -भेनेजुएला

सबै खेलहरु आगामी बुधबार हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell