PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौँ : बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन कतै जाँदै थिए। गाडी उनका ड्राइभरले चलाएका थिए। गौचन ड्राइभर नजिकै अगाडि सिटमा थिए।

प्रत्यक्षदर्शी लेखनाथ शर्माका अनुसार नयाँ बानेश्वरको खरिबोटमा गाडी हुँदा एक्कासी दुई जना आए। ड्राइभर बसेको ठाउँमा पहिले ढुंगा र त्यसपछि गौचन बसेको ठाउँमा गोली चलाए उनीहरुले। 

गाडीको शिशा छेडेर दुई वटा गोली भित्र पसेको देखिन्छ। 

अस्पताल स्रोतका अनुसार एउटा गोली उनको पेटमा लागेको थियो। घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो।  निर्माण व्यवसायी महासंघका प्रवक्ता विष्णु बुढाथोकीले अस्पतालले मृत घोषणा गरिसकेको पुष्टि गरे। 

प्रत्यक्षदर्शी शर्माका अनुसार गोली हान्नेहरु मोटरसाइकलमा आएका थिए। मोटरसाइकल रोकेर दुई तीन सय मिटर पैदल हिँडी उनीहरुले आक्रमण गरेका थिए। आक्रमण गर्ने मध्ये एक जनाले गुलाबी रङ्गको टिसर्ट लगाएका थिए।  

गोली कसले हानेको भन्ने बारे केही पत्ता लागेको छैन। अहिले प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङ कडा गरेको छ। 

सम्बन्धित समाचार
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली
गोली हान्ने बेपत्ता, सर्वसाधारणलाई सास्ती : राजधानीमा प्रहरी चेकिङ कडा
 पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान


ट्रेन्डिङ पोस्ट

Ncell