PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

टुँडिखेलबाट विप्लवले गरे बाबुराम, प्रचण्डदेखि अमेरिकासम्मको आलोचना



टुँडिखेलबाट विप्लवले गरे बाबुराम, प्रचण्डदेखि अमेरिकासम्मको आलोचना

काठमाडौँ : रुसमा भएको अक्टोबर क्रान्तिको सम्झनामा नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द 'विप्लव' ले राजधानीको टुँडिखेल खुलामञ्चमा सभा गर्दै एकताका सँगै पार्टीमा भए पनि हाल छुट्टाछुट्टै पार्टीको नेतृत्व गरिरहेका बाबुराम भट्टराई, प्रचण्डदेखि अमेरिकासम्मको आलोचना गर्न भ्याए। 

'बाबुरामको मनमा के थियो. त्यो पछि कुरा आउँछ। प्रचण्डको मनमा के थियो अहिले देखिँदैछ', उनले भने, 'तर हाम्रो मनमा नेपाल देशलाई स्वाधीन बनाउने चाहना थियो। त्यो सपना जिउँदैछ।'

'मान्छेहरुले डिनर खाएर जनतालाई बिर्से। मान्छेहरु काठमाडौँ आएर फाइभ सु्टार होटलको सुइटमा बसेर बिग्रिए', आफ्ना पूर्व नेताहरुको आलोचना गर्ने क्रममा उनले अगाडि भने, 'तर हामीसँगको सपना जिउँदै छ।' 

उनले खबरदारी पनि गरे, 'सपनाको हत्या गर्ने मानिसहरुलाई कहिले पनि विश्वास गर्नुहुँदैन।'

उनले चुनावको डङ्का पिटेर, चुनावको हल्ला गरेर जनताको ध्यान अन्यत्र मोड्न चाहेको आरोप लगाउँदै आफ्नो पार्टीले हिंसा थोपर्न खोजेको. युद्ध थोपर्न खोजेको आरोप लगाइने गरे पनि यो सत्य नभएको दावी गरे। 

'हाम्रो पार्टीले युद्ध चाहेको हैन', उनले भने, 'जुन देशको राज्य आफै स्वाधीन छैन, त्यो देशको सेनाले आफ्नो देशलाई बचाउन सक्दैन।'

'हामीले युद्ध चाहेका हैनौँ तर हामी दास हुन चाहँदैनौ', विप्लवले भने, 'दास हुनुभन्दा बलिदान गर्नु ठूलो कुरा हो।' 

उनले अमेरिकाको पनि आलोचना गर्न भ्याए। 'बम खसालेर निर्दोष मर्दा अमेरिकाले भन्छ गल्ती भएछ हामी सच्याउँछौँ। यतिले पुग्छ?', उनले सोधे, 'आकाशमा हेर्दा पनि डरलाग्दो यत्रो घर जत्रो बम खसाल्छन्। खसाल्न पाइन्छ त्यो अर्काको देशमा अर्काको जमिनमा गएर खसाल्न पाइन्छ?'

अमेरिकाले आफू एक नम्बरको भन्दै आफ्नै सामान किन्न नत्र बम हान्ने धम्की दिने गरेको भन्दै विप्लवले थपे, 'पूँजीवाद हो यो। पूँजिवादले शान्ति दिन सक्दैन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell