PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नविन्द्रको चुनावी रिङमा एनओसी अध्यक्ष जीवनराम, यी हुन् निर्वाचनमा उम्मेदवारी दिएका खेल पदाधिकारी



गोविन्दराज नेपाल

नविन्द्रको चुनावी रिङमा एनओसी अध्यक्ष जीवनराम, यी हुन् निर्वाचनमा उम्मेदवारी दिएका खेल पदाधिकारी

काठमाडौं :  दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि खेलकुद क्षेत्रका पदाधिकारीहरुको समेत उम्मेदवारी परेको छ।

नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ कांग्रेस नेता नविन्द्रराज जोशीसँग प्रतिस्पर्धामा उत्रिएका छन्।

मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्वर ८ मा प्रतिनिधिसभातर्फ जोशी र एमालेका श्रेष्ठ भिड्ने भएका हुन्। यसै क्षेत्रमा विवेकशील साझा पार्टीका पुकार बमले पनि उम्मेदवारी दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिवसमेत रहेका श्रेष्ठ यसअघि एमालेबाट वडा अध्यक्ष भइसकेका छन्।

एनओसी अध्यक्ष श्रेष्ठसँगै काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राखेपका पूर्व सदस्यसचिव केशव स्थापित, वर्तमान राखेप कोषाध्यक्ष सुरेन्द्र हमाल, एन्फा सिइओसम्मले निर्वाचनमा उम्मेदवारी दिएका छन्।

कामपाको पूर्व मेयरका रुपमा चर्चा कमाएका स्थापित काठमाडौं क्षेत्र नम्वर ६ को प्रदेश सभा (क) मा एमालेबाट उम्मेदवार बनेका हुन्।

यस्तै एन्फा सिइओ इन्द्रमान तुलाधरलाई कांग्रेसले काठमाडौं क्षेत्र नम्वर ९ को प्रदेश सभा (क) बाट उम्मेदवार बनाएको छ। तेक्वान्दोका प्रशिक्षक समेत रहिसकेका तुलाधर ए डिभिजन क्लब संकटाका अध्यक्षसमेत हुन्। 

एन्फाका उपाध्यक्ष किशोर राई सुनसरी १ को प्रदेश सभा (क) बाट कांग्रेसको उम्मेदवार बनेका छन्। करातेका मिनकृष्ण महर्जनलाई पनि कांग्रेसले ललितपुर १ प्रदेश (ख) बाट उम्मेदवार बनाएको छ। महर्जन राखेपका पूर्वकोषाध्यक्ष हुन्।

यस्तै राखेप कोषाध्यक्ष सुरेन्द्र हमाल नेपाली कांग्रेसबाट बाँके(२ को प्रेदश (ख) मा चुनाव लड्ने भएका छन्। भारत्तोलन खेलाडी हमाल ओलम्पियनसमेत हुन्।

यस्तै, क्यानका पूर्वअध्यक्ष टंक आङ्बुहाङ मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन अन्तर्गत ताप्लेजुङ प्रदेश (ख) बाट उम्मेदवार बनेका छन्। माओवादीबाट निर्वाचनमा होमिएका आङ्बुहाङले कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङसँग प्रतिस्पर्धा गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell