PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

विनोद दास भन्छन् : बंगलादेश टूरपछि कन्फिडेन्स बढेको छ, सफलता दोहोर्‍याउनु मुख्य चुनौती



गोविन्दराज नेपाल

विनोद दास भन्छन् : बंगलादेश टूरपछि कन्फिडेन्स बढेको छ, सफलता दोहोर्‍याउनु मुख्य चुनौती

काठमाडौं : मलेसियामा पर्सी बिहिबारबाट शुरु हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली मंगलबार राती साढे ११ बजे मलेसिया प्रस्थान गर्दैछ।

युथ एसिया कपकै लागि नेपाली टोलीले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ ३ अभ्यास खेल खेलेर नेपाली टोली हिजो मात्र स्वदेश फर्किएको हो। करिब एक साता बंगलादेश भ्रमण गरेको नेपाली टोलीले ३ मध्ये २ खेलमा हार बेहोरेको थियो भने अन्तिम खेल जितेको थियो।

उक्त जितपछि नेपाली युवा टोलीको कन्फिडेन्स केही मात्र बढेको मुख्य प्रशिक्षक विनोद दासले पहिलोपोस्टसँग बताए। 'निश्चय नै कन्फिडेन्स हल्का बढेको छ। त्यसबाट धेरै कुरा सिक्न सकिन्छ। लास्ट गेममा हामीले १३९ को पार्टनरसिप गर्‍यौँ जसले जितको आधार तय गर्‍यो। त्यसैलाई फोकस गर्ने हो।'

'हामी हरेक म्याचमा गेम प्लान अनुसार गएका हुन्छौँ। त्यो दिन हाम्रो लागि राम्रो रह्यो यो कुनै अचम्म भने होइन।'


खेल तालिका



हरेक म्याच जित्न सकौँ !

प्रशिक्षक विनोद दासले मलेसियामा राम्रो क्रिकेट खेल्नु नै मुख्य प्राथमिकता रहेको बताए। 'त्यहाँ गएर राम्रो क्रिकेट खेल्न सक्नु नै मुख्य चुनौती हो।' दासले भने, 'प्रत्येक म्याच जित्न सकौँ भन्ने नै चाहना हुन्छ तर, हाम्रो पहिलो फोकस बंगलादेशसँगको म्याच नै छ।'

नेपालले समूहमा ए मा नोभेम्वर १० तारिखमा बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ।

टूरमा बंगलादेशलाई अन्तिम खेलमा ६ विकेटले हारएपछि नेपाली टोलीमा आत्मविश्वास पनि बढेको छ।

'लास्ट म्याचको प्रदर्शन रिपिट गर्नु हाम्रो मुख्य टार्गेट हुन्छ। हाम्रो स्ट्रोङ पक्षलाई नै फोकस गर्दै खेल्ने हो।' दासले मलेसिया जानुअघि पहिलोपोस्टसँग नेपालको रणनितिबारे बताए।

'हाम्रो आफ्नो पोटेन्सियल अनुसार खेल्नु नै पहिलो प्राथमिकता हो।'

                                                                      

फस्ट-११ को होड खुल्ला

मलेसिया जाने नेपाली युवा टोलीमा दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ खेलाडी छन्।  बंगलादेश टूरमा नेपालका सबै खेलाडीले कम्तीमा एक खेल खेल्ने अवसर पाए। त्यसमध्ये पहिलो पटक यू-१९ टोलीमा स्थान बनाएका बलर रसिद खान र जितेन्द्र सिंहले आफ्नो प्रदर्शनलाई न्याय गरे।

अन्तिम खेलमा जितेन्द्रले आसिफ शेखसँग पहिलो विकेटका लागि १३९ रनको साझेदारी गर्दा ४५ रनको योगदान गरे। नियमित ओपनर सन्दीप सुनार चल्न नसकिरहेको बेला जितेन्द्रले ओपनिङका लागि राम्रो सम्भावना देखाएका छन्।

यस्तै राम्रो प्रदर्शन गर्न नसकेको भनेर आरोप लागिरहेका बेला आसिफले ९० रन बनाउदै जवाफ दिएका छन्।

यसबाहेक कप्तान दीपेन्द्र, स्पिनरद्वय सन्दीप लामिछाने र शहाब आलम, फास्ट बलरहरु किशोर महतो र रसिद खान तथा अलराउण्डर पवन सराफ र रोहित कुमार पौडेल नेपालको मुख्य खेलाडी हुन्।

यीमध्ये जो कोहीले पनि पहिलो रोजाईमा स्थान बनाउन सक्ने प्रशिक्षक दासले बताए। उनले अहिल्यै को खेलाडी फस्ट-११ पर्छन् भन्न नसकिने बताए। 'टिमको कम्बिनेशन कस्तो हुन्छ फस्ट-११ मा को हुन्छ अहिले भन्न सकिन्न।'

'हामीले त्यसैका लागि भनेर टिममा १५ खेलाडी राखेका छौँ। त्यसमध्ये जो पनि पहिलो रोजाईमा पर्न सक्छन्।'

१५ खेलाडी दुई प्रशिक्षक म्यानेजर फिजियो र ब्याटिङ कन्सलट्यान्ट गरी कूल २० सदस्यीय नेपाली टोली मलेसिया जानेछ।

 

नेपाली टोली

दीपेन्द्र सिंह ऐरी (कप्तान)

सन्दीप लामिछाने

मोहम्मद आसिफ शेख

अनिल कुमार शाह

पवन सराफ

सन्दीप सुनार

रोहित कुमार पौडेल

किशोर महतो

प्रनित थापा मगर

शहाब आलम

कमल सिंह ऐरी

प्रकाश केसी

जितेन्द्र सिंह

भिम शार्की

रसिद खान

 

म्यानेजर/ टेक्निकल एलिलस्ट : रमन शिवाकोटी

मुख्य प्रशिक्षक : विनोद दास

सहायक प्रशिक्षक : कलाम अली

ब्याटिङ कन्सलट्यान्ट : मुर्गुङ जगदिश देसाई

फिजियो : दीनेश भट्ट

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell